बैंकिङ खबर । शिखर इन्स्योरेन्स कम्पनीले एफपिओ निष्काशन नगर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको व्यवस्थाअनुसार तत्काल एफपिओ जारी गर्न नमिल्ने भएपछि कम्पनीले दोस्रो सिव कल्प रोजेको छ । कम्पनीले संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने भएको छ ।
संस्थापक र साधारण सेयरधनीको अनुपातमा ६०ः४० कायम गर्न कम्पनीले संस्थापक सेयरधनीलाई साधारण सेयरमा रुपान्तरण गर्न लागेको बताएको छ । हाल शिखर इन्स्योरेन्समा संस्थापकको सेयर स्वामित्व ७० सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत रहेको छ । कम्पनीले १० प्रतिशत संस्थापक सेयरलाई साधारणमा परिमार्जन गर्न लागेको हो । यसअघि शिखर इन्स्योरेन्सले १० प्रतिशतले सर्वसाधारणको हिस्सा बढाउन एफपीओ निष्कासन प्रक्रिया अगाडि सारेको थियो ।
एक सूचना जारी गरी कम्पनीले आफ्नो स्वामित्व साधारण सेयरमा परिवर्तन गर्ने कि नगर्ने स्पष्ट पारी निवेदन पेश गर्न संस्थापक सेयरधनीहरुलाई अनुरोध गरेको छ । यसका लागि कम्पनीले ३५ दिनको समय दिएको छ ।
कम्पनीको सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको र कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन समेत गरिसकेको कम्पनीले नियामक बीमा समितिबाट स्वीकृति पनि प्राप्त गरिसकेकोे उल्लेख गरेको छ ।


