बैंकिङ खबर । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा अर्बमाथि नाफा कमाउने बैंकको संख्या १५ पुगेको छ । सबैभन्दा धेरै नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ, जसले खुद मुनाफामा ४८.६७ प्रतिशतको वृद्धि हासिल गर्दै तीन अर्ब आठ करोड रुपैयाँ कमाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक र नेपाल बैंकको नाफा दुई अर्ब नाघेको छ । त्यस्तै, गत आर्थिक वर्षको तुलनामा गिरावट आउँदा पनि ग्लोबल आईएमई बैंकको नाफा एक अर्बमाथि नै रहेको छ । तेस्रो त्रैमासमा अर्बमाथि नाफा कमाएका १५ वटै बैंकको वित्तीय विवरण यहाँ प्रस्तुत गरिन्छ :
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा तीन अर्ब आठ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८ दशमलव ६७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब सात करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब ५८ करोड चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले जगेडाकोषमा चार अर्ब ९७ करोड ७५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी एक खर्ब ५३ अर्ब २२ करोड ३९ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १० दशमलव ८९ प्रतिशतले वृद्धि गरी एक खर्व १२ अर्ब ८० करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ३२ दशमलव ५४ प्रतिशतले बढेर छ अर्ब १९ करोड २ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७३ दशलमव ३८ प्रतिशत बढेर तीन अर्ब १४ करोड एक लाख रुपैयाँ पुगेको छ । यो अवधिमा एक अर्ब छ करोड ३१ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा एक अर्ब २४ करोड ४३ लाख रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव दुई प्रतिशतले बढेर दुई दशमलव ९० प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव ८७ प्रतिशतले बढेर १२ दशमलव ३४ प्रतिशत पुगेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब ८३ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव ३८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले दुई अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
१० अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा पनि १० अर्ब ९१ करोड ९८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा आठ दशमलव ६७ प्रतिशत वृद्धि गरी एक खर्ब ३० अर्ब १९ करोड ७४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १६ दशमलव ५९ प्रतिशतले वृद्धि गरी एक खर्ब १८ अर्ब ८६ करोड सात लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १८ दशमलव ४१ प्रतिशतले बढेर चार अर्ब ११ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा आठ दशमलव ६५ प्रतिशतले बढेर तीन अर्ब ७५ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ५९ करोड रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ६६ करोड ७० लाख रुपैयाँ राखेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३५ दशमलव ५५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) १८ दशमलव ७६ गुणा र प्रतिसेयर नेटवर्थ दुई सय दुई दशमलव ५८ रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य ७६ प्रतिशत, जोखिमयुक्त सम्पतिमा १३ दशमलव २५ प्रतिशत र सिडि रेसियो ७८ दशमलव ०३ प्रतिशत रहेको छ ।
नबिल बैंक लिमिटेड
नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब ७९ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ३१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नविलले दुई अर्ब ६८ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब चार करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा आठ अर्ब ८१ करोड ६८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा पाँच दशमलव ०१ प्रतिशत वृद्धि गरी एक १ खर्ब २३ अर्ब एक करोड ९४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १५ दशमलव ९८ प्रतिशतले वृद्धि गरी एक खर्ब पाँच अर्ब २५ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १० प्रतिशतले बढेर चार अर्ब ४९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा तीन दशमलव १७ प्रतिशतले बढेर चार अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा दुई लाख रुपैयाँ मात्रै खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २६ करोड ३७ लाख रुपैयाँ राखेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ४६ दशमलव ८३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) २१ दशमलव १२ गुणा, तरलता अनुपात २४ दशमलव २४ प्रतिशत र प्रतिसेयर नेटवर्थ दुई सय १० रुपैयाँ, निष्कृय कर्जातर्फ एक दशमलव ०७ प्रतिशत र जोखिमयुक्त सम्पति १३ दशमलव ०२ प्रतिशत रहेको छ ।
नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई अर्ब ५६ करोड ७७ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले दुई अर्ब ५१ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब चार करोड २८ लाख ६२ हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब ९७ करोड ६८ लाख ८४ हजार रुपैयाँ राखेको छ । निक्षेपमा ८. १७ प्रतिशत वृद्धि गरी ९० अर्ब ८१ करोड ३२ लाख ७५ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ७.४१ प्रतिशतले वृद्धि गरी ७९ अर्ब ७० करोड ५९ लाख ३२ हजार रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी २५.५१ प्रतिशतले बढेर छ अर्ब ६० करोड ६३ लाख २८ हजार रुपैयाँ पुगेको छ । बैंकको कर्मचारी खर्च, अन्य संचालन खर्च र व्याज खर्च सबै बढेको छ । यो अवधिमा ३१ करोड ८९ लाख १५ हजार रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २६ करोड ३६ लाख नौ हजार रुपैयाँ राखेको छ ।
बैंकको खराब कर्जा २.९१, निक्षेप लागत २.९७, प्राथमिक पुँजी, कर्जा र सीसीडी रेसियो ७६.४८, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड) दर ४.९९ र आधार ब्याज दर बढेर ७.११ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ५.३४ प्रतिशतले घटेर ४२ रुपैयाँ ५७ पैसा पुगेको छ । प्रतिसेयर नेट वर्थ १७४.३१ रुपैयाँ रहेको छ । त्यस्तै, पुँजीकोष अनुपात १८.०२ प्रतिशत रहेको छ ।
एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ८० करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ दशमलव १९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एभरेष्टले एक अर्ब ५२ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब १० करोड ६८ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब ८५ करोड ३८ लाख १० हजार रुपैयाँ राखेको छ । निक्षेपमा १५ दशमलव २३ प्रतिशतले वृद्धि गरी एक खर्ब छ अर्ब ९४ करोड ४० लाख रुपैयाँ संकलन गरेको बैंकले १९ दशमलव ८८ प्रतिशत वृद्धि गरी कर्जामा ८८ अर्ब १७ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकलको खुद व्याज आम्दानी २१ प्रतिशतले बढेर तीन अर्ब २५ करोड नौ लाख ४१ हजार रुपैयाँ पुगेको छ भने संचालन मुुनाफा १८ प्रतिशतले बढेर दुई अर्ब ७९ करोड ८२ लाख नौ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा दुई करोड २६ लाख ३८ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रेभिजनमा ११ करोड ८० लाख रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव २३ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १५ दशमलव ७० प्रतिशत, सिडि रेसियो ७५ दशमलव ६५ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रति सेयर आम्दानी २९ दशमलब ९६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६ दशमलब ६० गुणा, प्रतिसेयर नेटवर्थ एक सय ७२ दशमलब ९३ रुपैयाँ र तरलता अनुपात ३७ प्रतिशत रहेको छ ।
कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ७८ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ५६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कृषि विकास बैंकले एक अर्ब ५७ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
१३ अर्ब ९३ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा नौ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ९७ अर्ब १० करोड ५६ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा छ दशमलव ८१ प्रतिशतले वृद्धि गरी ९४ अर्ब ८९ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १६ दशमलव ३८ प्रतिशतले घटेर चार अर्ब ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६४ प्रतिशतले घटेर ६४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा एक अर्ब ८० करोड ५४ लाख ९१ हजार रुपैयाँ राइट ब्याक गरेको बैंकले प्रोभिजनमा एक अर्ब ८८ करोड ९९ लाख ९२ हजार रुपैयाँ राखेको छ ।
बैंकको पुँजीकोष २० दशमलव ७६ प्रतिशत, निष्कृय कर्जा ३ दशमलव ४९ प्रतिशत, प्रतिसेयर आम्दानी २४ दशमलव २० रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ८८ गुणा, प्रतिसेयर नेटवर्थ २ सय १० दशमलव ५३ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ०१ प्रतिशत रहेको छ ।
हिमालयन बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ६१ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव ९९ प्रतिशत मात्रै बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयनले एक अर्ब ५३ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब ११ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब २० करोड २४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ९६ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको संकलन गरेको बैंकले कर्जा ८५ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी पाँच प्रतिशतले बढेर दुई अर्ब ९१ करोड पाँच लाख ८४ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११ दशमलव ३० प्रतिशतले घटेर दुई अर्ब १२ करोड ६३ लाख ६० ह जार रुपैयाँ पुगेको छ । यो अवधिमा २७ करोड २२ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ३५ करोड ९१ लाख रुपैयाँ राखेको छ
बैंकको प्रतिसेयर आम्दानी २५ दशमलव ८१ रुपैयाँ, मूल्य आम्दानी २३ दशमलव ६३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ६३ दशमलव ६१ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ८५ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव १९ प्रतिशत, जोखिमयुक्त सम्पति १२ दशमलव ४४ प्रतिशत, सिडि रेसियो ७८ दशमलव ७४ प्रतिशत रहेको छ ।
स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड
स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५० करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंक ले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव ८५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा स्टाण्डर्ड चार्टर्डले एक अर्ब छ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब एक करोड १४ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब ३६ करोड २२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १२ दशमलव २९ प्रतिशतले घटाएर ६१ अर्ब एक करोड ५० लाख रुपैयाँ संकलन गरेको बैंक ले कर्जातर्फ २४ दशमलव २३ प्रतिशतले वृद्धि गरी ४६ अर्ब ४० करोड ६९ लाख रुपैयाँ लगानीे गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ४३.८० प्रतिशतले बढेर दुई अर्ब २३ करोड ६८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४३.३४ प्रतिशतले बढेर दुई अर्ब ३१ करोड ३५ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा चार करोड ५८ लाख छ हजार रुपैयाँ राइट ब्याक गरेको बैंकले प्रोभिजनमा १३ करोड ८८ लाख ९० हजार रुपैयाँ राखेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) २५ दशमलव १२ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात (वार्षिक) ३४ दशमलव ०३ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ६६ दशमलब ९३ रुपैयाँ, पूँजीकोष अनुपात २२ दशमलव ६८ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव २१ प्रतिशत रहेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड
ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ४४ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव १२ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ग्लोबल आईएमईले एक अर्ब ४७ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब ८८ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको जगेडाकोषमा तीन अर्ब ८६ करोड ११ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १९.५३ प्रतिशत वृद्धि गरी एक अर्ब दुई अर्ब ५७ करोड रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ २१.७९ प्रतिशतले वृद्धि गरी ८९ अर्ब छ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी एक दशमलव ५५ प्रतिशतले घटेर दुई अर्ब ६१ करोड ५३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा सात दशमलव ०८ प्रतिशतले घटेर एक अर्ब ८१ करोड ८७ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ३५ करोड ६१ लाख ३७ हजार रुपैयाँ राइट ब्याक गरेको बैंकले प्रोभिजनमा २१ करोड ९२ लाख ३२ हजार रुपैयाँ राखेको छ ।
ग्लोबल आइएमई बैंकको निष्कृय कर्जा एक दशमलव २९ प्रतिशत, जोखिमयुक्त सम्पत्ति ११ दशमलव ७२ प्रतिशत, प्रतिसेयर आम्दानी २१ दशमलव ६७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव ३५ गुणा, प्रतिसेयर नेटवर्थ १४३ दशमलव ४४ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ९५ प्रतिशत रहेको छ ।
एनएमबि बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ दशमलव ३० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबिले एक अर्ब १४ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
छ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी भएको एनएमबि बैंकले जगेडाकोषमा पाँच अर्ब ६३ करोड ५४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १९ दशमलव ८८ प्रतिशत वृद्धि गरी ८५ अर्ब २९ करोड ६२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २२ दशमलव ८६ प्रतिशत वृद्धि गरी ७४ अर्ब एक करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १३ दशमलव २८ प्रतिशतले बढेर दुई अर्ब १० करोड ३२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४४ दशमलव ५२ प्रतिशतले बढेर एक अर्ब ६९ करोड रुपैयाँ पुगे्को छ । यो अवधिमा ३४ करोड ९६ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा १५ करोड ७८ लाख रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा एक दशमलव १० प्रतिशत, जोखिमयुक्त सम्पत्ति १२ दशमलव ९३ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक २९ दशमलव ०९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १५ दशमलव २९ गुणा, तरलता अनुपात २५ दशमलव ३६ प्रतिशत र प्रतिशेयर नेटवर्थ एक सय ८७ दशमलव २१ रुपैयाँ रहेको छ ।
नेपाल एसबिआई बैंक लिमिटेड
नेपाल एसबिआई बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ३७ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ९४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल एसबीआईले एक अर्ब १० करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब चार करोड ६९ लाख रुपैयाँ रहेको बैंकले जगेडाकोषमा चार अर्ब १५ करोड रुपैयाँ राखेको छ । निक्षेपमा दुई प्रतिशतले घटेर ८३ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ संकलन गरेको छ बैंकले कर्जामा ७४ अर्ब पाँच करोड २७ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ३१ प्रतिशतले बढेर दुई अर्ब ९० करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २१ प्रतिशतले बढेर दुई अर्ब २० करोड रुपैयाँ पुगेको छ । ९८ लाख ३६ हजार रुपैयाँ मात्रै खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १५ करोड १३ लाख ६१ हजार रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जामा शुन्य दशमलब १३ प्रतिशत, पुँजीकोष १४ दशमलव ५१ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक २२ दशमलव ८६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २४ दशमलव ०६ गुणा, नेटवर्थ एक सय ५१ दशमलव ६९ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ३० प्रतिशत रहेको छ ।
सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब २२ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ दशमलव ०२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थले ९५ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब एक करोड २१ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा तीन अर्ब ६० करोड १५ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा २० दशमलव नौ प्रतिशत वृद्धि गरी ९० अर्ब ४० करोड १९ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २० दशमलव ५६ प्रतिशत वृद्धि गरी ७९ अर्ब ८८ करोड आठ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १७ दशमलव ७१ प्रतिशतले बढेर दुई अर्ब २० करोड पाँच लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २८ दशमलव ९० प्रतिशतले बढेर एक अर्ब ५२ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा २६ करोड ५० लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ३८ करोड ६० लाख रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा एक दशमलव ३१ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १२ दशमलव ३० प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक २० दशमलव ५२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव ८६ गुणा, प्रतिसेयर नेटवर्थ १४४ दशमलव ९५ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ४८ प्रतिशत रहेको छ ।
प्राइम कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ दशमलव ५४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ८८ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब तीन करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा खुई अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । निक्षेपमा ३२ प्रतिशत वृद्धि गरी ७४ अर्ब २० करोड रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ६६ अर्ब ५३ करोड रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी २८.८० प्रतिशतले बढेर एक अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा४० प्रतिशतले बढेर एक अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा १५ करोड रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा २४ करोड ९५ लाख रुपैयाँ राखेको छ ।
प्राइम बैंकको निष्कृय कर्जा १.०६ प्रतिशत, प्रतिसेयर आम्दानी २० रुपैयाँ ८९ पैसा, मूल्य आम्दानी अनुपात १४ दशमलव १२ गुणा, किताबी मूल्य १ सय ३३ रुपैयाँ १२ पैसा, प्रतिसेयर कुल सम्पति मूल्य १ हजार ८१ रुपैयाँ ७१ पैसा तथा तरलता अनुपात २० दशमलव ७० प्रतिशत रहेको छ ।
सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब २० करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७ दशमलव ३३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमाले ९४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब १२ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडा कोषमा दुई अर्ब २५ करोड ९३ लाख रुपैयाँ छुट्याएको छ । निक्षेपमा ३३ दशमलव ८७ प्रतिशतले वृद्धि गरी ७१ अर्ब ५३ करोड नौ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ३२ दशमलव ३६ प्रतिशतले वृद्धि गरी ६४ अर्ब ३२ करोड २० लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी २५ दशमलव ६० प्रतिशतले बढेर दुई अर्ब सात करोड ६० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २८ दशमलव ८० प्रतिशतले बढेर एक अर्ब ८४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ७४ लाख ८० हजार रुपैयाँ मात्रै राइट ब्याक गरेको बैंकले प्रोभिजनमा १९ करोड ९० लाख ५२ हजार रुपैयाँ राखेको छ ।
बैंकको जोखिमयुक्त सम्पति १३ दशमलव १५ प्रतिशत, निष्कृय कर्जा शून्य दशमलव १७ प्रतिशत, प्रतिसेयर आम्दानी (वार्षिक) २० दशमलव २२ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १७ दशलमव सात गुणा, प्रतिसेयर नेटवर्थ एक सय २८ दशमलव २८ रुपैयाँ र तरलता अनुपात २२ दशमल ९९ प्रतिशत रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तेस्रो त्रैमासमा आएर अर्वपति क्लबमा प्रवेश गरेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.३९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्सले ८८ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब तीन करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा दुई अर्ब ३७ करोड रुपैयाँ राखेको छ । बैंकले ६० अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरि ५५ अर्ब ८२ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गत वर्ष भने ५५ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकन गरि ४७ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी १७ प्रतिशतले बढेर एक अर्ब ४७ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३२ प्रतिशतले बढेर एक अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा ४० करोड ३२ लाख रुपैयाँ खराब कर्जा संकलन गरेको बैंकले प्रोभिजनमा २४ करोड ५१ लाख ७६ हजार रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा एक दशमलव ४६ प्रतिशत, प्रतिसेयर आम्दानी १५ दशमलव ७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय २९ दशमलव ५६ रुपैयाँ र तरलता अनुपात २२ दशमलव २२ प्रतिशत रहेको छ ।