बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई अर्ब ५६ करोड ७७ लाख २८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले दुई अर्ब ५१ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
आठ अर्ब चार करोड २८ लाख ६२ हजार रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब ९७ करोड ६८ लाख ८४ हजार रुपैयाँ राखेको छ । निक्षेपमा ८. १७ प्रतिशत वृद्धि गरी ९० अर्ब ८१ करोड ३२ लाख ७५ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ७.४१ प्रतिशतले वृद्धि गरी ७९ अर्ब ७० करोड ५९ लाख ३२ हजार रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी २५.५१ प्रतिशतले बढेर छ अर्ब ६० करोड ६३ लाख २८ हजार रुपैयाँ पुगेको छ । बैंकको कर्मचारी खर्च, अन्य संचालन खर्च र व्याज खर्च सबै बढेको छ । यो अवधिमा ३१ करोड ८९ लाख १५ हजार रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २६ करोड ३६ लाख नौ हजार रुपैयाँ राखेको छ ।
बैंकको खराब कर्जा २.९१, निक्षेप लागत २.९७, प्राथमिक पुँजी, कर्जा र सीसीडी रेसियो ७६.४८, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड) दर ४.९९ र आधार ब्याज दर बढेर ७.११ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ५.३४ प्रतिशतले घटेर ४२ रुपैयाँ ५७ पैसा पुगेको छ । प्रतिसेयर नेट वर्थ १७४.३१ रुपैयाँ रहेको छ । त्यस्तै, पुँजीकोष अनुपात १८.०२ प्रतिशत रहेको छ ।