बैंकिङ खबर । विश्व बैंकले बुधबार दुई वर्षे नेपाल विकास परिदृश्य सार्वजनिक गरेको छ । परिदृश्यमार्फत विश्व बैंकले नेपाल सरकारलाई खर्च व्यवस्थापन गर्न सुझाव दिएको छ । नयाँ संघीय प्रणालीले आगामी दिनमा थप वित्तीय दायित्व सिर्जना भई खर्चको दवाव बढ्ने भएकाले अनावश्यक खर्च कटौति गर्नुपर्ने विश्व बैंकको तर्क छ ।
त्यस्तै, पेन्सन प्रणालीमा सुधार गर्न र सामाजिक सुरक्षा खर्च व्यवस्थापन पनि विश्व बैंकले सुझाएको छ । पेन्सन र सामाजिक सुरक्षा खर्चको भारले दायित्व बढ्दा वर्षेनी बढ्दै गएर थप दायित्व मुलुकको बजेट घाटा कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ५.९ प्रतिशत पुगेकाले यसलाई समयमा नै व्यवस्थापन गर्नुपर्ने विश्व बैंकले उल्लेख गरेको छ ।
यो वर्ष नेपालको आर्थिक वर्ष ४.६ प्रतिशत रहने र आगामी आर्थिक वर्षमा ४.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ । बाडी र डुवानका कारण कृषि उत्पादनमा गिरावट आए तापनि उद्योग क्षेत्रको प्रगति राम्रो रहने विश्व बैंकको ठहर छ । पछिल्लो समयमा रेमिट्यान्स आप्रवाहमा कमी, आयातमा वृद्धिले गर्दा समग्र शोधानान्तर घटामा गएको विश्व बैंकले जनाएको छ ।