April 18th, 2018

नेपाल इन्स्योरेन्सको ३० लाख १९ हजार कित्ता हकप्रद सेयर खुल्यो

बैंकिङ खबर । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । जेठ ८ गतेसम्म निष्काशन खुला रहने सेयरमा चैत्र २२ गतेसम्म कायम भएका सेयरधनीले  आवेदन दिन पाउनेछन् । 

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड १९ लाख ८८ हजार छ सय १० रुपैयाँ बराबरको ३० लाख १९ हजार ८ सय ८६ दशमलव १० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धक र नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्वा सेवामा सहभागि सबै बैङ्क तथा वित्तीय संस्थाहरुबाट हकप्रदमा आवेदन दिन सकिन्छ ।

हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ६० करोड ३९ लाख ७७ हजार २ सय २० पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]