April 15th, 2018

हिमालयन बैंक र ईन्टरनेशनल फाइनान्स कर्पोरेशन बीच लगानी सम्झौता

हिमालयन बैंक लिमिटेड र विश्व बैंक समूह अन्तर्गतको ईन्टरनेशनल फाइन्यान्स कर्पोरेशन (आइएफसि) बिच लगानी सम्झौता भएको छ । २०७४ चैत्र २८ गते दुई संस्थाबीच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट कार्यकारी प्रमुख अशोक शम्शेर राणा र आइएफसिका तर्फबाट आवाशिय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार आइएफसिले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ । महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, संचालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उद्देश्य रहेको छ । 

हिमालयन बैंक लिमिटेडले प्राप्त गरेको उक्त रकम नेपाली महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने प्रयोग गर्ने छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]