सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले चार वटा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले चैत्र २६ गते डढेलधुरा जिल्लाको अमरगढी नगरपालिकामा, चैत्र २७ गते कैलाली जिल्लाको टिकापुरमा र चैत्र २८ गते कन्चनपूर जिल्लाको महेन्द्रनगर एवम् कैलाली जिल्लाको धनगढीमा नयाँ शाखा कार्यालयहरुको उद्घाटन गरेको हो ।
आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन बीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीका संचालकद्धारा मुख्य प्रबन्धक गणेश चौलागाई र वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको समुपस्थितिमा डढेलधुराको अमरगढी शाखाको विधिवत उद्घाटन गरियो ।
कम्पनीका संचालक घनश्याम थापा र सद्भावनादुत कलाकार जीतु नेपालले मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा लगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरु समेतको समुपस्थितिमा संयुक्त रुपमा कैलालीको टिकापुर शाखाको उद्घाटन गरे ।
कम्पनीको कन्चनपुरस्थित महेन्द्रनगर र कैलालीस्थित धनगढी शाखाको उद्घाटन पनि कम्पनीका संचालक घनश्याम थापा र सद्भावना दुत कलाकार जीतु नेपालले संयुक्त रुपमा गरे । शाखा उद्घाटन कार्यक्रममा मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा लगायत स्थानीय व्यक्तिहरु समेतको उपस्थिती रहेको थियो ।
सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३तथा बीमा ऐन २०४९ अन्तर्गत वीमकको रmपमा स्थापना भएको हो । सानिमा बैङ्क तथा राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपाली समुहद्धारा सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्रवद्र्धन गरिएको छ । सम्भावित बीमितहरुको जीवन बीमा गराई समाजिक सुरक्षा प्रदान गर्दै, जनतामा बचत गर्ने बानीको विकास गर्नुको साथै उद्योग,व्यवसाय रोजगारीको लागि विभिन्न मुलुकमा रहनु भएका उद्यमी, पेशाकर्मी तथा वैदेशिक रोजगारमा लागेका व्यक्तिहरmलाईसमेत जीवन बीमाको दायरामा ल्याइ बचत र आर्थिक सुरक्षा प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । दूरदराजमा छरिएर रहेको रकमलाई बीमा शुल्क मार्फत संकलन गरी नियमनकारी निकायको स्वीकृती र निर्देशन बमोजिम अत्याधिक प्रतिफल हुने क्षेत्रमा लगानी गरी प्राप्त रकम देश बिकासको महान कार्यमा लगानी गर्ने यस कम्पनीको मुख्य उद्देश्य रहेको छ ।
कम्पनीको अधिकृत पुँजी तीन अर्ब रुपैयाँ, जारी पुँजी दुई अर्ब रुपैयाँ र चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको साधारण सेयर निकट भविष्यमा नै जारी गरी चुक्तापुँजी दुई अर्ब रुपैयाँ कायम गर्ने कम्पनीको योजना रहेको छ ।