April 4th, 2018

एभरेष्ट बैंक र सगरमाथा इन्स्योरेन्स बिच बैंकास्योरेन्स सम्झौता

एभरेष्ट बैंक लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धार सेवा प्र्रणाली मार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । चैत्र २० गते मंगलबार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरे । 

यस सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका मुलुकभरका ५७ शाखामार्फत एभरेष्ट बैंकका ग्राहकहरुले बैंकका ८० शाखाहरुमार्फत छटो छरितोे तथा सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमाशूल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न सकिनेछ । साथमा सम्पूर्ण प्रकारको निर्जिवन बीमा सेवा पनि सहज रुपमा प्राप्त गर्न सकिनेछ ।

कम्पनीले चालू आ.ब को दोस्रो त्रैमासिकसम्मका ५४ करोड ८७ लाख बराबर दावी भूक्तानी विभिन्न शीर्षक अन्तर्गत गरिसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]