April 3rd, 2018

राष्ट्र बैंकले यस वर्ष सिक्का निष्काशन नगर्ने 

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले यस वर्ष सिक्का निष्काशन नगर्ने भएको छ । यतिबेला राष्ट्र बैंकसँग प्रशस्त सिक्काको मौज्दात भएकाले तत्काल सिक्का निष्काशन नगर्ने भएको हो । अहिले राष्ट्र बैंकसँग करिब २२ करोड रुपैयाँ सिक्का मौज्दात छ । १ र २ रुपैयाँका गरी कुल २१ करोड ३८ लाख ८५ हजार रुपैयाँ सिक्का मौज्दात भएको राष्ट्र बैंकले जनाएको  छ । 

अहिले राष्ट्र बैंकअन्र्तगतको टक्सार विभागसँग १८ करोडभन्दा बढी सिक्काको मौज्दात छ । त्यस्तै, राष्ट्र बैंकको विराटनगर शाखासँग ७४ करोड रुपैयाँ भन्दा बढी, जनकपुर शाखासँग ५९ लाख रुपैयाँ, वीरगंन्ज शाखासँग ९५ लाख रुपैयाँ सिक्का मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, पोखरा शाखा कार्यालयसँग ३४ लाख रुपैयाँ, भैरहवा शाखासँग २१ लाख रुपैयाँ, नेपालगञ्ज शाखासँग ६७ लाख र धनगढी शाखा कार्यालयमा ७८ लाख रुपैयाँ सिक्का मौज्दात रहेको छ । राष्ट्र बैंकसँग रहेकोे सो मौज्दातले करिब दुई वर्षसम्मको माग धान्न सक्छ । ‘राष्ट्र बैंकसँग प्रसस्त मौज्दात छ, यसले लगभग दुई वर्ष जति धान्न सक्छ ।’ राष्ट्र बैंक स्रोतले भन्यो । स्रोतका अनुसार त्यसपछिका वर्षहरुका लागि सिक्का छपाइका लागि टेन्डर आह्वान गर्न लागिएको छ । राष्ट्र बैंकले विभिन्न पाँच कम्पनीहरुलाई सिक्का छपाईका लागि टेन्डर खोल्ने प्रक्रिया अघि बढाएको स्रोतको भनाई छ । 

सबैंभन्दा बढी सिक्का तुला दानमा प्रयोग हुने राष्ट्र बैंकले जनाएको छ । धार्मिक विधिअनुसार मानिस बराबरको सिक्का दानमा दिने गर्ने चलन छ, जसलाई तुला दान भनिन्छ । त्यस्तै, महानगरका पसलहरु, माइक्रो बस, बैंक तथा वित्तीय संस्थाहरु, डिपार्टमेन्ट स्टोरहरु,नेवारहरुको पूजामा तथा अन्य विभिन्न प्रयोजनका लागि १ र २ रुपैयाँ दरका सिक्का बढी मात्रामा प्रयोग हुने गरेका छन् । हाल दैनिक १ र २ रुपैयाँका दैनिक २ लाख रुपैयाँ बराबरका सिक्का बिक्री हुने गरेको विभागको भनाई छ । 

भुकम्पपछि राष्ट्र बैंकको टक्सार विभागका ४ वटा भवन मध्ये एउटा भवन पूर्ण रुपले क्षति भएकाले अहिले त्यहाँ सिक्कालाई प्रशस्त ठाउँ पनि छैन । नोटको तुलनामा सिक्काले धेरै ठाउँ आगट्ने भएकाले पनि प्रशस्त ठाउँको अभाव देखिएको हो । भवन क्षतिग्रस्त भएपछि राष्ट्र बैंक तत्काल सिक्काको निष्काशन गर्ने सोँचमा छैन । राष्ट्र बैंकसंँग भएको सिक्का विक्री वितरण नगरी नयाँ सिक्कालाई प्रशस्त ठाउँ छैन विभागमा । पहिले पहिले नेपालमै सिक्का छाप्ने गरिन्थ्यो । आवश्यकता अनुसार सिक्का छाप्दा सानो ठाउँ (ढुकुटी) ले पनि पुग्थ्यो । तर आजभोली सिक्काको पनि माग बढ्न थालेको छ । माग बढ्न थालेपछि सिक्का पनि विदेशमा छापिन थाले । एकै चोटी ठुलो परिमाणमा छापिएर आउने भएकाले विभागमा सिक्का राख्न समस्या भएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]