Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सबै आर्थिक कारोबार बैंकबाट मात्रैै : प्रधानमन्त्री ओली

२०७४ चैत्र ७ गते

बैंकिङ खबर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण आर्थिक कारोबारहरु बैंकिङ प्रणालीबाट मात्रै गर्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई विफ्रिङ गर्दै यस्तो कुरा बताएका हुन् ।

सरकारको मूख्य लक्ष्य नै आर्थिक समृद्धि भएको र समृद्धि हासिल गर्न आर्थिक कारोबार चुस्त हुनु पर्ने भन्दै प्रधानमन्त्री ओलीले बैंकिङ प्रणालीबाट मात्रै आर्थिक कारोबार गर्नु पर्ने धारणा राखे । उनले रेमिट्यान्स अवैध तरिकाले भित्रने गरेको भन्दै त्यसलाई बैंकिङ च्यानलमा ल्याउन आवश्यक कार्य गर्न सचिव तथा मन्त्रीहरुलाई निर्देशन समेत दिए ।

बैंकिङ च्यानलबाट मात्रै आर्थिक कारोबार गर्ने हो भने पारदर्शी र सुरक्षित समेत हुने प्रधानमन्त्री ओलीको भनाई थियो ।