Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

कावेली विकास बैंकले एलआईसीको जीवन बीमा योजना बेच्ने

२०७४ चैत्र ६ गते

कावेली विकास बैंक धनकुटाले एलआईसी नेपालस“ग बैंकास्योरेन्स सम्झौता गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र वादे श्रेष्ठ र एलआईसी नेपालकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले धरानमा आयोजित एक समारोहबीच सम्झौतामा हस्ताक्षर गरे । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले एलआईसी जीवन बीमाको एक अन्तराष्ट्रिय ब्राण्ड र आम नागरिकमा यसको विश्वसनियता रहेको ह“ुदा एलआईसीको जीवन बीमा योजनाहरु सवै शाखा कार्यालयहरुबाट बेचिने जानकारी गराए ।

कार्यक्रममा एलआईसी नेपालका बैंकास्योरेन्स विभाग प्रमुख विवेक शर्मा, प्रबन्धक धिरेन्द्र कुमार दास र बैंकका एचआर प्रमुख मोहन प्रसाद ढुंगेलको उपस्थिति थियो ।