Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्राइमलाइफ इन्स्योरेन्सद्धारा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न 

२०७४ चैत्र ६ गते

प्राइमलाइफ इन्स्योरेन्स क.लि. अर्घाखाँचीले आफ्ना सक्रिय अभिकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार  सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई, विशिष्ट अतिथि मार्केटिङ्ग विभाग प्रमुख नविन थापा, साथै अतिथिहरु क्षेत्रिय कार्यालय वुटवलका प्रमुख शिव प्र. पौडेल र बुटवल शाखा प्रमुख रिता के.सी. रहेका थिए ।

कार्यक्रम शाखा कार्यालय अर्घाखाँचीका प्रमुख नारायण घिमिरेको संयोजन र सञ्चालनमा सम्पन्न भएको थियो । इन्स्योरेन्स एड्भाइजरहरु, व्यवसाय अधिकृतहरु, बरिष्ठ बजार प्रतिनिधिहरु, बजार प्रतिनिधिहरु र अभिकर्ताका साथै संस्थागत अभिकर्ताका प्रतिनिधिहरुको उपस्थितिमा अभिकर्ता अन्तरक्रिया कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा कम्पनीको हालको वित्तीय अवस्थासहितको प्रगति विवरण, शाखा सञ्जाल, सेवा सुविधा, नयाँ बीमा योजनाहरु, अभिकर्ता संरचना, मार्केटिङ्ग गर्ने शैलिका साथमा, उपस्थितबाट आएका जिज्ञासा मेटाउने लगायतका विषयमा केन्द्रित रही भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न भएको थियो ।