कैलाश बिकास बैंक लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धार सेवा प्र्रणलीमार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । आइतबार (चैत्र ४ गते) भएको सम्झौतामा
कैलाश बिकास बैड्ढका प्रमुख कार्यकारी अधिकृत अम्रीत चरण श्रेष्ठ र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकास्योरेन्स सेवा सम्वन्धि सम्झौतामा हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका मुलुकभरका ५७ शाखामार्फत कैलाश बिकास बैंकका ग्राहकहरुले बैंकका ४४ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमा शूल्क भूक्तानी गर्न र दावी भूक्तानीको साथमा सम्पूर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।


