March 16th, 2018

राष्ट्र बैंकको समस्याग्रस्त संस्था हेर्ने निकाय विघटन हुने

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले समस्याग्रस्त संस्था रिजोलुसन महाशाखा विघटन गर्ने भएको छ । समस्याग्रस्त वित्तीय संस्थाहरु घट्दै गएपछि राष्ट्र बैंकले त्यस्ता संस्थालाई निरिक्षण गर्न गठन गर्न बनेको महाशाखा विगटन गर्न लागेको हो । राष्ट्र बैंकले २०६२÷६३ देखि नै बैंक तथा वित्तिय संस्थाहरुलाई समस्याग्रस्त घोषणा गर्न सुरु गरेको थियो । गभर्नर डा. चिरन्जीबी नेपालको सक्रियतामा कुल १६ वटा समस्यागस्त संस्थाहरु घटेका छन् । समस्याग्रत संस्था घटेपछि सो माहाशाखाको काम नभएकाले विगटन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने,‘समस्याग्रस्त संस्था सकिन लागेकाले त्यसलाई हेर्ने विभाग विगटन गर्न लागेका छौँ ।’ सो विभाग विगटनपछि समस्याग्रस्त घोषणाा हुने बैंक तथा वित्तिय संस्थालाई संबन्धीत विभागले हेर्ने सहायक प्रवक्ता पिण्डतले बताए । ‘त्यस्ता संस्था हेर्न छुट्टै शाखा गठन गर्नु पर्दैन ।’ उनले भने । 

सो सरोलुशन महाशाखा विगटनका लागि विनियमावली तयार पारि सञ्चालक समितिबाट अनुमोदन गराउन लागेको राष्ट्र बैंकले जनाएको छ । गभर्नरका नेपालले समस्याग्रस्त संस्था नयाँ लगानीकर्ता खोजेर सुधारेका छन् भने कतिपय वित्तिय संस्थाहरुलाई नयाँ लगानीकर्ताले खरिद गरी संचालन समेत गरेका छन् । कुल १६ वटा समस्याग्रस्त वित्तिय संस्थाहरुमध्ये कुनै मर्ज त कुनै समस्याग्रस्त फुकुवा भई घटेर ६ वटामा झरेका छन् । राष्ट्र बैंकका अनुसार कृष्टल फाइनान्स,नेपाल फाइनान्स,वल्र्ड मर्चेन्ट फाइनान्स,क्यापिटल फाइनान्स, नेपाल शेयर मार्केट्स तथा नारायणी विकास बैंक गरी कुल ६ वटा वित्तिय संस्थाहरु समस्याग्रस्त अवस्थामा रहेका छन् ।

तल्कालिन गोरखा डेभलपमेन्ट बैंक गोरखा फाइनान्ससँग मर्ज भैसकेको छ । जनरल फाइनान्स,अरुण फाइनान्स,कुबेर मर्चेन्ट फाइनान्स र ललितपुर फाइनान्स लगायतका कम्पनीहरु यसअघि नै समस्याग्रस्त संस्थाबाट फुकुवा भएको राष्ट्र बैंकले जनाएको छ । यी वित्तिय संस्थाहरुलाई  नयाँ लगानीकर्ताहरुले किनेका छन् । यी वित्तिय संस्थाहरु गैरआवासीय संघ तथा हाथवे लगायतका लगानीकर्ताले खरिद गरी संचालन गरेका छन् । तल्कालिन गोरखा डेभलपमेन्ट बैंक गोरखा फाइनान्ससँग मर्ज भैसकेको छ । त्यसैगरी,जनरल फाइनान्स,अरुण फाइनान्स,कुबेर मर्चेन्ट फाइनान्स र ललितपुर फाइनान्स लगायतका कम्पनीहरु यसअघि नै समस्याग्रस्त संस्थाबाट फुकुवा भएको राष्ट्र बैंकले जनाएको छ । यी वित्तिय संस्थाहरुलाई  नयाँ लगानीकर्ताहरुले किनेका छन् । यी वित्तिय संस्थाहरु गैरआवासीय संघ तथा हाथवे लगायतका लगानीकर्ताले खरिद गरी संचालन गरेको राष्ट्र बैंकले जनाएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]