Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ कारोबारका लागि सदरमुकाम धाउने बाध्यता हट्यो

२०७४ फाल्गुन २७ गते

बैंकिङ खबर । पर्वतको फलेवासबाट विस्थापित  भएको राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनःस्थापित भएको छ । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका कारण असुरक्षित महशूस गर्दै १६ वर्षअघि विस्थापित भएको उक्त शाखाबाट बैंकले  आइतबारदेखि कारोबार सुरु गरेको हो । बैंकले फलेवास नगरपालिका–५ खानीगाउँमा कार्यालय स्थापना गरेको छ । पुनःस्थापित शाखाबाट कर्जा लगानी, बचत संकलन, मोबाइल बैंकिङ, मोबाइल रिचार्ज, घर जग्गा कर, उद्योग तथा कृषि सुविधा प्रदान गरिने बैंकले जनाएको छ । 

माओवादी सशस्त्र द्वन्द्वका क्रममा बैंकमा लुटपाट हुन थालेपछि असुरक्षाको कारण देखाउँदै ०५७ मा विस्थापित बनेको थियो । पहिले फलेबास वरपरका एक दर्जन गाविसका बासिन्दाले उक्त शाखामा कारोबार गर्दै आएका थिए । उक्त शाखा विस्थापित भएपछि फलेवास नगरपालिकासँगै छिमेकी जिल्ला बागलुङको जैमिनी नगरपालिकाका बासिन्दाहरू सदरमुकाम कुश्मामा आउन बाध्य भएका थिए । 

Ad