बैंकिङ खबर । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले एनआइसी एसिया बैंकसँग कुनै पनि किसिमको कारोबार नगर्ने निर्णय गरेको छ । व्याजदर नबढाउन गरेको प्रतिवद्धता तोडेको भन्दै शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एशिया बैंकसँग तत्कालका लागि कुनै पनि कारोबार नगर्ने निर्णय गरेको हो ।
२८ वटै वाणिज्य बैंकहरुले बचत खाताको व्याजदर ८ प्रतिशत र मुद्धति खाताको व्याजदर ११ प्रतिशतभन्दा बढी नपुर्याउने प्रतिवद्धता गरेका थिए । उक्त सहमतिपछि बैंकले बचत खाताको व्याजदर १० बाट आठमा झारेको थियो । तर बिहीबारबाट फेरि बचतको ब्याज १० प्रतिशत पुर्याउँदै मुद्दतिमा १२ प्रतिशत ब्याज दिने सुचना सार्वजनिक गरेपछि बैंकर्स संघले आकस्मिक बैठक बोलाएर एनआईसी एशिया बैंकसँग अन्तरबैंक कारोबारर विदेशी मुद्राको कारोबार नगर्ने निर्णय गरेको हो ।