Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ क्षेत्रमा करिअर बनाउने गोल्डेन अपरचुनिटी, चाहेकै पदमा रोजगारी

२०७४ फाल्गुन २२ गते

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा करिअर बनाउने सोचमा हुनुहुन्छ । एउटा गोल्डेन अपरचुनिटी तपाईँलाई नै पर्खेर बसेको छ । सनराइज बैंक र नेपाल बंगलादेश बैंकले उक्त अपरचुनिटी दिएका हुन् । बैंकहरुले आफूले चाहेको पद पद उल्लेख गरी बायोडाटा पठाउन अनुरोध गरेका छन्, जसमध्येबाट योग्य उम्मेदवार लाई छर्नौट गरी बैंकले रोजगारी दिनेछन् । 

सनराइज बैंकले विभिन्न पद तथा कार्य सम्पादनका लागि योग्य नेपाली नागरिकको दरखास्त आह्वान गरेको छ । सनराइज बैंकबाट बैंकिङ करिअर सुरु गर्न चाहनेहरुले बैंकको वेभसाइटमा आफ्नो बायोडाटा पठाउन सक्नेछन् । बायोडाटा पठाउँदा आफूले चाहेको पद पनि उल्लेख गर्नुपर्नेछ । बैंकले छ महिना अवधिका लागि यो अवसर प्रदान गरेको छ । प्राप्त बायोडाटामध्येबाट छनौटमा परेका उम्मेदवारलाई बाँकी प्रक्रियाका लागि सम्पर्क गर्ने बैंकले जनाएको छ ।

बैंकिङ करिअर बनाउन चाहनेहरुका लागि नेपाल बंगलादेश बैंक लिमिटेडले पनि अवसर प्रदान गरेको छ । बैंकमा काम गर्न चाहने नेपाली नागरिकलाई अनलाइनमार्फत आफ्नो बायोडाटा पठाउन आह्वान गरिएको छ । प्राप्त बायोडाटा मध्येबाट छनौटमा परेका उम्मेदवार बाँकी प्रक्रियाका लागि सम्पर्क गरिने बैंकले जनाएको छ । इच्छुक नेपाली नागरिकले बैंकको वेभसाइटमा गएर आफूले चाहेको पदका लागि एप्लाई गर्न सक्नेछन् । 

Ad