Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

माछापूच्छ्रे बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा सर्यो

२०७४ फाल्गुन २२ गते

बैंकिङ खबर । माछापुच्छ्रे बैंकले आफ्नो रजिष्टर्ड कार्यालय पोखराबाट काठमाण्डौंमा स्थानान्तरण गरेको छ । बैंकले पोखराको लेखनाथ नगरपालिमाबाट केन्द्रीय कार्यालय काठमाडौँको लाजिम्पाटमा सारेको हो । लाजिम्पाट स्थित एम.बी.एल. टावरमा सोमबारदेखि केन्द्रीय कार्यालय सञ्चालमा ल्याएको बैंकले जानकारी दिएको छ । 

२०५४ सालमा पोखरामा स्थापना भएको  बैंकको केन्द्रीय कार्यालय पोखरामा र कर्पोरेट कार्यालय काठमाडौँमा रहेको  थियो । बैंकको गत साउन २२ गते सम्पन्न विशेष साधारण सभाले केन्द्रीय कार्यालय काठमाडौँमा सार्ने निर्णय गरेको थियो । 

हालसम्म माछापूच्छ्रे  बैंकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु तथा १४ शाखारहित बैकिङ्ग सेवा गरी ८० स्थानबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकका ८६ वटा एटीएमहरु संचालनमा छन् ।

Ad