Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालमै पहिलो पटक सिईओ समिट हुँदै, १० देशका सिईओहरु भेला हुने

२०७४ फाल्गुन १६ गते

काठमाडौं– नेपालमै पहिलो पटक हुन लागेको सिइओ समिट तथा अवार्डमा सहभागी हुन नेपाल बाहिरबाट उत्साहजनक आवेदन आएको छ ।  बिजनेश प्लस टेलिभिजन र सिईओ क्लवको संयुक्त आयोजनामा हुन लागेको सिइओ समिट तथा अवार्डमा सहभागी हुन नेपाल बाहिरका देशबाट अनलाईनमार्फत अहिले उत्साहजनक आवेदनहरु आईरहेको आयोजकले जनाएको छ ।

आगामी मार्च १४ अर्थात फागुन ३० गते काठमाडौंको सोल्टी होटलमा आयोजना हुने नेपाल सिइओ समिट तथा अवार्ड कार्यक्रममा सहभागी हुन अहिले भारत, चिन, बंग्लादेश, पाकिस्तान लगायत सार्क र एसियाका अन्य देशबाट पनि अनलाईन मार्फत धेरै सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको आवेदन आईरहेको र यसले आयोजकलाई थप उत्साहि बनाएको बिजनेश प्लस टेलिभिजनका कार्यकारी निर्देशक डम्बर शाहुले जनाएका छन् । 

नेपालमा पहिलो पटक आयोजना गरिएको समिटमा १७ देशका झण्डै ३ सय जना सिइओ तथा विजनेश लिडरहरुलाई सहभागी हुन पाउने छन् । समिटमा बिभिन्न ६ वटा फरक फरक बिधामा अवार्ड समेत प्रदान हुनेछ । हाल अवार्डका लागी आएका आवेदनमा जुरी कमिटी द्धारा छलफल तथा रिसर्च कार्य भईरहेको जनाईएको छ । समिट सहभागी हुन चाहने विभिन्न कम्पनीका सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुले http://nepalceosummit.com/ participation मा गई अनलाईन सहभागीता आवेदन फर्म भर्न सक्नेछन् ।

Ad