Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले पाउने भए आकर्षक लाभांश

२०७४ फाल्गुन १४ गते

बैंकिङ खबर । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई उक्त अनुपातमा बोनस सेयर दिने प्रस्ताव अ घि सारेको  हो । 

जसअनुसार, कम्पनीले एक अर्ब ३० करोड पाँच लाख २२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । साथमा प्रतिकित्ता २८ रुपैयाँ ५३ पैसाका दरले ८८ करोड ३२ लाख ९७ हजार सात रुपैयाँ नगद लाभांश पनि (करसहित) वितरण गर्नेछ ।

कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

कम्पनीको चुक्ता पूँजी तीन अर्ब नौ करोड रुपैयाँ रहेको छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड रुपैयाँ नाघ्नेछ ।