बैंकिङ खबर । बैंकिङ रोजगारीको खोजीमा हुनुहुन्छ ? चार वटा वाणिज्य स्तरका बैंकले तपाईँलाई रोजगारीको अवसर दिइरहेका छन् । प्रभु, मेगा, सेञ्चुरी र माछापूछ्रे बैंकले यतिबेला कर्मचारी माग गरिरहेका छन् ।
प्रभु बैंक लिमिटेड
प्रभु बैंक लिमिट्डले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले ३१ जना शाखा प्रबन्धक, ३१ जना रिलेसनसिप अफिसररअपरेसन इन्चार्ज र केही संख्यामा टेलररसिएसडी माग गरेको हो । टेलररसिएसडीका लागि अनुभव मागिएको छैन । आवेदन अनलाइनबाटै दिन सकिन्छ । आवेदन बुझाउने म्याद २६ फेब्रुअरी अर्थात फागुन १४ गतेसम्म रहेको छ । थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
मेगा बैंक नेपाल लिमिटेड
मेगा बैंक नेपाल लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले उपत्यकाबाहिरका शाखाहरुका लागि केही संख्यामा शाखा प्रबन्धक मागेको छ । त्यस्तै, बैंकले विभिन्न डिपार्टका लागि अफिसर मागेको छ भने एसिस्टेन्ट लेभलका कर्मचारी पनि मागेको छ । सबै पदका लागि बैंकले अनुभव मागेको छ । थप जानकारी तथा अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.megabanknepal.com/jobs/detail/10/mega-career-opportunities-14th-feb-2018
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सहायक प्रवन्धकदेखि सहायक प्रशिक्षार्थीसम्मका विभिन्न पदका लागि दुई सय १४ जना कर्मचारी मागेको छ । बैंकले केन्द्रीय कार्यालय र उपत्यकाबाहिरका विभिन्न शाखाको लागि दरखास्त आह्वान गरेको हो । आवेदनको लागि फागुन २० गतेसम्म म्याद रहेको छ ।
माच्छापूछ्रे बैंक लिमिटेड
माच्छापूछ्रे बैंक लिमिटेडले अफिसर, जुनियर अफिसर र एसिस्टेन्ट लेभलको विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले उपत्यकाभित्र र बाहिर रहेका विभिन्न शाखाहरुका लागि दरखास्त आह्वान गरेको हो । बैंकले अफिसर र जुनियर अफिसरको संख्या तोकेको छैन । प्रशिक्षार्थी जुनियर एसिस्टेन्ट ८४ जना मागेको छ । एसिस्टेन्टका लागि अनुभव मागिएको छैन तर स्थानीयलाई प्राथमिकता दिइने बताइएको छ । आवेदन दिने म्याद ७ मार्चसम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।
थप जानकारी तथा अ न लाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।