नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लि.ले शुद्वोधन गाउंपालीकाका –५ मानपकडीमा शाखा कार्यालय स्थापना गरी बुधबारदेखि बैंकिङ कारोबार शुरु गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकको यो १४औं शाखा हो । शाखाको शुद्वोधन गाउँपालिकाका अध्यक्ष किसुन चन्द्र चौधरीले एक समारोहका बिच उद्घाटन गरे ।
सो अवसरमा बोल्दै चौधरीले आजसम्म बैकिङ सेवाबिहीन रहेको मानपकडीमा कम्युनिटीको आगमनले यहाँका वासिन्दाहरुको लागि बैंकिङ्ग सेवा सहज र सरल हुने धारणा राखे । बैंक संचालक समितिका अध्यक्ष पशुपति घिमिरेको सभापतित्व, शाखा इृन्चार्ज विपिन भण्डारीको स्वागत मन्तब्य तथा अनुपालन विभाग प्रमुख कृष्ण प्रसाद पन्थीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बैंकले प्रदान गर्ने सेवा सुबिधाको बारेमा बोलेका थिए । भगलापुर उच्च मा.वी.का तेज प्रसाद खरेल, ज्ञानपुञ्ज विद्यामन्दिरका अध्यक्ष शिवराम न्यौपाने, शुद्वोधन गाउंपालीकाका उपाध्यक्ष शान्ता ज्ञवालीले शुभकामना मन्तव्य राखेका थिए ।
बैंकले वुटवल उपमहानगरपालीकाको कालिकानगर र बेलवास तथा नवलपरासीको बेलाटारीमा गरी थप ३ वटा नयां शाखाहरु संचालन गर्न भौतिक पुर्वाधार निर्माण कार्य गरीरहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काले जनाए ।