Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नविल बैंकको डेपुटी सीईओमा अनिल शाह, सीईओ बन्न जेठसम्म कुर्नुपर्ने 

२०७४ फाल्गुन ४ गते

बैंकिङ खबर । नबिल बैंक लिमिटेडको सञ्चालक समितिले अनिल केशरी शाहलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । शाहलाई गत पुस १३ गते प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले राष्ट्र बैंकको नीतिका कारण नियुक्ति खारेज गरेको थियो । 

नेपाल राष्ट्र बैंकले, बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई एक संस्था छोडेको ६ महिना नपुगेसम्म अर्को संस्थामा जान नपाउने व्यवस्था गरेअनुरुप शाहले जेठ २२ गतेसम्म अन्य बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत भएर जान नपाउने भएपनि नविल बैंकले डेपुटी सीईओको रुपमा शाहलाई भित्र्याएको हो ।

नबिल बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत शशीन जोशिले राजिनामा दिएसकेका छन् । उनी औपचारिक रुपमा शनिबार (फागुन ५ गते)देखि नविल बैंकबाट विदा हुनेछन् । 

नविलले नियुक्त गर्नुअघि शाहलाई सेञ्चुरी कमर्सियल बैंकले नियुक्त गरेको थियो । पुस तेस्रो साताबाट नै सेञ्चुरी बैंकमा प्रमुख कार्यकारीको कार्यभार सम्हाल्ने तयारीमा रहेका शाहलाई नविलले फागुन ५ गतेदेखि नै कार्यभार सम्हाल्ने गरी नियुक्त गरेको थियो । मेगा बैंकमा दुई कार्यकाल विताएका शाह त्यसअघि नविल बैंकमै थिए । अनिल केशरी शाहको करिअरको सुरुवात नै नविल बैंकबाट भएको थियो ।  

Ad