Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेको इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद सेयर खुल्यो

२०७४ माघ २६ गते

बैंकिङ खबर । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । चैत १ गतेसम्म खुला रहने सेयरमा माघ ८ गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउनेछन् । 

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३९ करोड २० लाख रुपैयाँ बराबरको ३९ लाख २० हजार नौ सय २८ कित्ता सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ७८ करोड ४१ लाख ८५ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । एनएमबि क्यापिटल, एनएमबि बैंकका सबै शाखा कार्यालय तथा आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय बाट हकप्रद सेयरका लागि आवेदन दिने पाइनेछ ।