Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एल.आई.सी. नेपालले ल्यायो ‘पेन्सन बीमा योजना’

२०७४ माघ २३ गते

”पेन्सन…अब नो टेन्सन‘ भन्ने सन्देशकासाथ न्युनतम् ४० देखि ७५ वर्षसम्म उमेरका ग्राहकहरुलाई लक्षित गरी एल.आई.सी. नेपालले ‘जीवन अक्षय–१’ नामक पेन्सन बीमा योजना बजारमा ल्याएको छ । माघ २२ गते एक समारोहबीच उक्त योजनालाई बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले औपचारिक रुपमा सार्वजनिकरण अनावरण गरे ।

जीवन अक्षय–१ योजना बीमा चालु हुनासाथ पेन्सन लिन मिल्ने नेपालको पहिलो र एक मात्र योजना हो । यस योजनामा विमितले शुरुबाट नै आजीवन र निजको मृत्युपश्चात पति/पत्नीलाई पनि जीवनभर ५०% पेन्सन सुविधा दिने प्रावधान राखिएको छ । 

यस कम्पनीमा केही वर्षअघिदेखि जीवन तरङ्ग नामको पेन्सन प्रकृतिको बीमा योजना बिक्री हुदै आएको थियो जसमा परिपक्वतापछि बीमाड्ढको ५५ रकम वार्षिकरुपमा पेन्सनकोरुपमा आजीवन पाइन्थ्यो । तर, बीमा समितिबाट पारित यस योजनामा वर्तमानदर तथा विमितको उमेर अनुसार बीमाड्ढ रकममा सर्वाधिक ११.७७% सम्म रकम पेन्सनको रुपमा पाउन सक्नेछन् ।

एलआईसी नेपालको का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले आमनागरिकहरुलाई पेन्सनको माध्यमबाट आर्थिक सुरक्षा दिन सक्ने कुरामा कम्पनी विश्वस्त रहेको बताए ।