गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बनेपाको आयोजनामा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । ४ दिनको आधारभूत तालिममा २० जना सहभागीहरुको उपस्थिति रहेको थियो । आधारभूत तालिम संस्थाका मार्केटिङ्ग टिर्पाटमा कार्यरत रमेश न्यौपानेले दिएका थिए । बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जीवन बीमाको आधारभुत अवधारणा तथा अभ्यासहरुको जानकारी साथसाथै जिवन बीमामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खेलेको भुमिकाको बारेमा न्यौपानेले तालिममा सहभागीहरुलाई स्पष्ट पार्नुहुदै सफल बीमा अभिकर्ता भइ कार्य गर्न सफलता मिलोस् भनी शुभेच्छा प्रकट गरे ।
तालिमको औपचारीक समापन गर्दै शाखा कार्यालय बनेपाका शाखा प्रमुख चण्डिका वाग्लेले अभिकर्ताको गुणस्तर तथा उनिहरुको ज्ञानका स्तरको आधारमा बीमाको ब्यापार बढ्ने तथा अभिकर्ताको समेत आम्दानी हुने बताए । जीवन बीमाको सम्भावना व्यापक रहेको परिप्रेक्ष्यमा यस तालिममा सहभागी भई यस गुँरास लाइफ इन्स्योरेन्स कम्पनी प्रति सद्भाव राखी कम्पनीको परिवारमा केही गर्छु भनी उत्साहपूर्वक संलग्न हुनु भएकोमा सहभागी सबै प्रति हार्दिक धन्यवाद ज्ञापन गरे । आप्mनो पेशाप्रति जिम्मेवार भई कार्य गर्न अनुरोध गर्दै अभिकर्ताको मूल्य र मान्यतालाई सदैव कायम राखी बीमा व्यवसायलाई मर्यादित ढङ्गले अगाडी बढाउन बीमा अभिकर्ता आचारसहिंताको अक्षरशः पालना गरी कम्पनीको गरिमा र छबीलाई उच्च राख्न आग्रह गरे ।


