बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई संशोधित व्यवस्थाअनुसार कृषि कर्जा प्रदान गर्न निर्देशन दिएको छ राष्ट्र बैंकले बुधबार व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जामा प्रदान गरिने अनुदान सम्बन्धी कार्यविधि, २०७३ दफा ३ को उपदफा ३ मा भएको संशोधित व्यवस्था अनुसार कृषि कर्जा दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले ऋणीबाट आधार दर बमोजिम निर्धारण हुने ब्याजदरमा कर्जा प्रवाह गर्न सकिने उल्लेख गरिएको छ । सो कर्जा सरकारले ५ प्रतिशत बिन्दू ब्याज अनुदान उपलब्ध गराउने जारी निर्देशनमा उल्लेख छ । यस्तो व्याजमा अन्य निकायलाई दिनुपर्ने बीमा शुल्क, कर्जा सूचना सम्बन्धी शुल्क जस्ता शुल्कबाहेक थप कुनै पनि शुल्क लिन नपाइने राष्ट्र बैंकले जनाएको छ ।