एनएमबी बैंकले आफ्ना बचतकर्ताहरुको सुबिधालाई ध्यानमा राख्दै नेपालको एकमात्र विशेष सुबिधा भएको NMB Delight Saving Account ल्याएको छ । NMB Delight Saving Account को एटीएम कार्डले नेपालभरीका वित्तीय संस्थाहरु (Bank, Finance, Cooperatives) को एटीएमबाट पैसा झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ । निशुल्क मोबाईल बैकिङ्ग , इन्टरनेट बैकिङ्ग तथा आर्कषक ब्याजदर रहेको यस NMB Delight Saving Account ले समग्र ग्राहकवर्गलाई समेट्ने विश्वास बैंकले लिएको छ । हाल एनएमबि बैंकको ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
मुख्य
‘NMB Delight Saving Account’, बिनाशूल्क नेपालभरीका जुनसुकै एटीएमबाट पैसा निकाल्न सकिने
२०७४ माघ १८ गते