बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । अनिल केशरी शाहले आफू हाजिर हुन नसक्ने भनी पत्र पठाएपछि सेञ्चुरीले शाहसँगको सम्झौता रद्द गरेर नयाँ सीईओ नियुक्त गर्ने प्रक्रिया सुरु गरेको जानकारी दिएको छ ।
सेञ्चुरी बैंकको गत कात्तिक १६ गते बसेको संचालक समितिको ३४६औँ बैठकले माघ १८ गतेदेखि हाजिर हुने गरी शाहलाई सीईओ नियुक्त गरेको थियो । यद्यपि, शाहले आफू हाजिर हुन असमर्थ रहेको भनी पत्र पठाएपछि बैंक संचालक समितिको माघ ७ गते बसेको २५३औँ बैठकले शाहसँग गरेको नियुक्तिको सम्झौता रद्द गरेको छ ।