ज्योति विकास बैंकले लिमिटेडले दमकमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । प्रमुख अथिति नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय विराटनगरका निर्देशक विनोद राज आचार्य तथा विशेष अतिथि दमक नगरपालिका वडा नं ६ का अधक्ष्य टेक बहादुर थापाले एक कार्यक्रमका बिच माघ १६ गतेक सयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरे ।
बैंकले निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य लिउएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै एबिबिएस सेवा समेत उपलब्ध गराएको छ ।
बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफल भएकोे छ । हालसम्म बैंकले करिब एक लाख २२ हजारभन्दा बढि खाताबाट १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १२ अर्व ४३ करोड ऋण लगानी गर्न सफलभएको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी दुई अर्व ५९ करोड रुपैयाँ पुगेको छ ।