Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तीन ठूला बैंकमा रोजगारीको अवसर, छुटाउनुहोला है

२०७४ माघ ११ गते

बैंकिङ खबर । दुई विकास बैंक र एक वाणिज्य बैंक तीन बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनआईसी एसिया बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेका हुन् ।

गरिमा विकास बैंक लिमिटेडले झापा, मोरङ र सुनसरी जिल्लामा खोल्न लागिएका शाखा कार्यालयहरुका लागि केही संख्यामा सहायक प्रशिक्षार्थी माग गरेको छ । मान्यताप्राप्त विश्वविद्यालयबाट प्लस दुई वा सोसरह उतीर्ण भएका र उमेर १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका उम्मेदवारलाई यही माघ २३ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले केही संख्यामा ट्रेनी एसिस्टेन्ट, एसिस्टेन्ट, सिनियर एसिस्टेन्ट र ब्रान्च मेनेजर माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जनवरी ३१ भित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।

अनलाइनबाट एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://docs.google.com/forms/d/e/1FAIpQLSeHTNFNju6uXZuMtdHrICX93LlHSCE6-VFlbq0U6-c-iGS6Kw/viewform

एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न पदका कर्मचारी मागेको छ । बैंकले केही संख्यामा विभिन्न तहमा रहेका का मगर्ने आईटी सेक्युरिटी एडमिनिस्ट्रेटर, ब्रान्च मेनेजर, सर्भिस मेनेजर र चार्टर्ड एकाउन्टेन्ट माग गरेको हो । इच्छुक र बैंकले मागेबमोजिम योग्यता पुगेका उम्मेदवारहरुलाई ३१ जनवरीभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । 

थप जानकारी तथा अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.nicasiabank.com/current-vacancies

Ad