Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ प्रणालीमा दश अर्ब तरलता पठाउँदै राष्ट्र बैंक

२०७४ माघ ४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले शुक्रबार दश अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको विकास ऋणपत्र खरिद गरी उक्त रकम उपलब्ध गराउन लागेको हो ।  यसका लागि राष्ट्र बैंकले विकास ऋणपत्र सोझै खरिदको बोलकबोलको सूचना जारी गरेको छ । यसले बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको अवस्थालाई सहज बनाउने अपेक्षा राष्ट्र बैंकले गरेको छ ।
 
विकास ऋणपत्रको ब्याजदर बोलकबोलबाट हुने राष्ट्र बैंकले जनाएको छ । गत पुषमा मात्रै केन्द्रीय बैंकले विकास ऋणपत्र सिधै बोलकबोलबाट खरिद गर्ने वित्तीय उपकरणमार्फत ३ पटकमा गरी झण्डै ३५ अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाउन खोज्दा बैंकहरुले करिब २८ अर्ब रुपैयाँ लगेका थिए । त्यसमध्ये राष्ट्र बैंकले बजारबाट पुनः २ अर्ब रुपैयाँ उठाएको थियो । राष्ट्र बैंकका अनुसार बजारमा २६ अर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता रहेको छ ।