Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेको इन्स्योरेन्सले पायो हकप्रद सेयर निष्काशन गर्ने अनुमति

२०७४ पुष २६ गते

बैंकिङ खबर । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पानीले एक सय रुपैयाँ अंकित मूल्यमा ३९ करोड २० लाख ९२ हजार आठ सय रुपैयाँ बराबरको ३९ लाख २० हजार नौ सय २८ कित्ता हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको हो । 

हाल नेको इन्स्योरेन्सको चुक्तापुँजी ७८ करोड ४१ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी एक अर्ब १७ करोड ६२ लाख रुपैयाँ नाघ्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यपिटल लिमिटेड रहेको छ ।