बैंकिङ खबर । वाणिज्य बैंकहरुले सरकारी ढुकुटीको रकम नपाउने निश्चित भएको छ । बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पूँजीको अभाव समाधान गर्न गठित अध्ययन समितिको प्रतिवेदन तत्काल नआउने भएको छ । उक्त समितिले सरकारी ढुकुटीको पर्खाइमा रहेका बैंकहरुलाई आफैँ समस्या सुल्झाउन सुझाएको छ ।
राष्ट्र बैंक र अर्धमन्त्रालयका अधिकारीहरु पनि लगातारको विकास ऋणपत्र खरिदबट तत्कालका लागि तरलता समस्या समाधान भएको निष्कर्षमा पुगेका छन् । राष्ट्र बैंकले सोमबार मात्र बैंक तथा वित्तीय संस्थाहरुबाट दुई अर्ब रुपैयाँ निक्षेप उठाएको थियो । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर तीन प्रतिशत तल झरेपछि बजार बाट पैसा उठाएको थियो । राष्ट्र बैंकका अनुसार आइतबार बैंकिङ प्रणालीमा करिब ५१ अर्ब रुपैयाँ अधिक तरलता छ ।
दोस्रो विकल्पमाथि छलफल
सरकारको बचत बाणिज्य बैंकहरुलाई निक्षेपका रुपमा प्रयोग गर्न दिने प्रस्ताव नीतिगत रुपमा नमिल्ने देखिएपछि राष्ट्र बैंकले दोस्रो विकल्पमा छलफल सुरु गरेको छ । सरकार मातहत रहेका केही कोषहरुको रकम बाणिज्य बैंकलाई दिने बारेमा छलफल भएको बताइएको छ ।