Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक वित्तबाट दुई अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

२०७४ पुष २४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुबाट दुई अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । अन्तर बैंक ब्याजदर तीन प्रतिशत तल झरेपछि राष्ट्र बैंकले बजारबाट पैसा उठाउन लागेको हो ।

यसअघि, लगानीयोग्य पुँजीको अभाव भएको भन्दै आठ दिनको बिचमा विकास ऋणपत्र खरिद गरेर राष्ट्र बैंकले ३१ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको थियो । गत साताको आइतबार ५ अर्ब, बुधबार १० अर्ब र विहीबार १० अर्ब गरी २५ अर्ब बैंक तथा वित्तीय संस्थालाई दिएको राष्ट्र बैंकले यो साताको आइतबार १० अर्ब बजारमा पठाउन खोज्दा बैंकहरुले ६ अर्ब मात्र लगेका थिए । 

अहिले तरलता अवस्था सहज भएपछि एउटा बैंकले अर्को बैंकसँग स्वतन्त्र रूपमा कारोबार गर्न पाउने अन्तर बैंक ब्याजदर औसत २.९७ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार बैंकिङ प्रणालीमा करिब ५१ अर्ब रुपैयाँ अधिक तरलता छ । बजारमा तरलता थपिने क्रम बढेसँगै अन्तरबैंक दर घट्न थालेको राष्ट्र बैंकको भनाई छ ।

Ad