Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तरलता अभाव रोक्न सरकारले ल्यायो नयाँ रणनीति

२०७४ पुष २० गते

बैंक तथा वित्तीय संस्थामा तरलता अर्थात कर्जा लगानीको रकम अभाव हुने संकेत देखिएपछि सरकारले बैकल्पीक बाटोबाट रकम खिचेर त्यस्तो तरलता हुन नदिने भएको छ । बैंकहरुमा देखिएको तरलता अभाब हल गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले संयूक्त पहल थालेका हुन् । जस अनुसार सरकारी निकायका नाममा रहेको राष्ट्र बैंकमा रहेको रकम बाणिज्य बैंकमा पठाएर समस्या हल गर्नेगरी अघि बढाइएको छ । अर्थमन्त्रालय र राष्ट्र बैंकले संयूक्त रुपमा यो पहल कदमी लिएका हुन् । यसको गृहकार्य थालेका हुन् । तरलता समस्या समाधानका लागि अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीको संयोजकत्वमा राष्ट्र बैंकका नियमन विभाग प्रमुख नारायण पौडेल र अनुसन्धान विभागका प्रमुख नरबहादुर थापा सदस्य रहेको समिति गठन भएको छ । सरकारी निकायको नाममा राष्ट्र बैंकमा रहेको  पैसा बैंकहरुलाई दिने प्रक्रियालाई समितिले अध्धय गरी अघि बढाउने छ । 

Ad