December 22nd, 2017

आधुनिक युगमा बीमाको व्यवसायिक सुरुवात र विकास

बैंकिङ खबर । आधुनिक युगमा बीमाको विकास आधुनिक सन्र्दभमा नै हुन थाल्यो । इटालीका यहुदीहरुले १२ औं शताब्दीमा मुनाफाकै आधारमा सूरु गरेको सामुहिक बीमाले बिस्तारै अन्य क्षेत्रमा पनि प्रवेश गर्यो । इटालीबाट निर्वासित यी यहुदीहरु पोर्चुगल, फा्रन्स लगायतका देशमा बस्न थालेपछि बीमाको प्रचलन आधुनिक रुपमा नै सुरु हुन थाल्यो । बेलायतमा १६ देखि १८ औं शताब्दीका बीचमा बीमाको प्रचलनको आधुनिक रुपहरु तयार भए । बेलायतमा १५०० ई.पू. को अन्त्यतिर पहिलो पटक बीमा नीति लिखित रुपमा आएको पाईन्छ । मित्रता समाज÷समुदाय (Friendly societies) नामक समुदायले अन्य कार्यका अतिरिक्त बीमाको कार्य पनि गर्दथ्यो र समुदायका सदस्यहरुको जीवन बीमा गर्दथ्यो । सम्भवतः जीवन बीमाको पहिलो आधुनिक प्रयास पनि यहि नै थियो । यसका लागि मजदुर बिरामी भएमा वा उसको मृत्यु भएमा निज वा निजका पविारलाई सहयोग गरिन्थ्यो प्रारम्भमा गलत र कमजोर व्यवस्थापनका कारण यस्ता धेरै समाज टाट पल्टिए । यस्तो अबस्था आएपछि १७९३ मा बेलायत सरकारले मित्रता समाज सम्बन्धि कानुनको व्यवस्था गर्यो र यस्तो संस्थाको सञ्चालनमा नियमितता  ल्यायो ।

बेलायतमा १७०० ई.पू. को प्रारम्भमा सामुदायिक व्यापारी र व्यापारको जोखिम कम गर्न क्षतिपुर्ति दिने व्यवस्था प्रारम्भ भयो । सामुद्रिक व्यापारी र सामान ढुवानी गर्ने मानिसहरुले अनौपचारिक रुपमा भए पनि सामानको क्षतिपूर्ति वापत बीमालाई प्रयोगमा ल्याए । एडबर्ड लोयडस भन्ने कफी बिक्रेताको पसलमा जम्मा भएर व्यापारीहरुले बीमाको प्रयोग सुरु गरेको हुँदा पछि यसलाई लोयडस अफ लन्डनको नाममा औपचारिक संस्थाको रुप प्राप्त गर्यो । सामुद्रिक बीमाको औपचारिक स्थापनाको रुपमा यसैलाई लिने गरिन्छ । 

औद्योगिक विकास र सहरीकरणका कारण युरोप र उत्तरी अमेरीकाको जीवन र आर्थिक कारोबारमा नयाँ नयाँ जोीखमहरु थपिन थाले । संयुक्त परिवार एकात्मक परिवारमा रुपान्तरण हुन थालेपछि यो अवस्था झन् चर्को रुपमा आयो । सन् १६६६ मा लन्डनमा ठुलो आगलागी भयो । पाँच दिनसम्म रहेको यस आगलागीले लन्डनका ८५ प्रतिशत घरहरु नष्ट  पार्यो । यी दिनहरुमा रियल स्टेट कम्पनीहरुले नयाँ घर बनाईदिए र जग्गा घनीहरुलाई बेच्न थाले यस घटना पछि वेलायतमा अग्नि बीमाको सुरुवात भयो चाँडै नै बेलायतमा अग्नि बीमाको सुरुवात भयो । चाडै नै बेलायतमा अग्नि बीमाले व्यापकता पा्रप्त गर्यो र अग्नि बीमा कम्पनीहर पनि खुले ।

१८औँ शताब्दीको औधोगिक का्रन्तिले युरोपलाई नयाँ गति मात्र दिएन, यातायात र कलकारखानाको ठुलो विकास पनि भयो । यसले मजदुर वर्गको संङ्ख्यामा पनि भारी बृद्धि भयो । सहरीकरण अरु गति लियो र सामान, समधन, कारखाना, लगायत पुँजी÷सरसम्पतिका साथै मजदुरको क्षतिमा पनि बृद्दि भयो । ओधोगिक नगरीहरु जस्तै युरोपका लन्डन, ह्यामवर्ग, फा्रन्सको पेरिस, रुसको सेन्ट पिटसवर्ग 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]