Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मृतक सदस्यको परिवारलाई किसान सहकारीद्धारा सहयोग

२०७४ मंसिर १७ गते

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लम्की कैलालीले मृतक सदस्यको ऋण मिनाहा गरि मृतकका परिवारलाई काजकृया खर्च समेत उपलब्ध गराएको छ । संस्थाले सदस्यको सुरक्षण योजना अन्तर्गत संस्थाको नारायणपुर शाखा अन्र्तगत टिकापुर ६ भगवानपुर बस्ने केवली देवी चौधरीको मृत्यु पश्चात यस संस्थाबाट लिएको ५० हजार रुपैयाँ कर्जा मिनाह गरी काजकृया खर्च स्वरुप निजका श्रीमान् बाधु चौधरीलाई १४ हजार रुपैयाँ उपलब्ध गराएको हो । संस्थाका महा–प्रबन्धक डम्बर बहादुर शाहले शाखामा संचालीत वित्तिय साक्षरता कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरे । 

कार्यक्रममा सदस्य राज कुमारी थारुका श्रीमान्को मृत्यु पश्चात १७,८०० काजकृया खर्च र सदस्य सकुन्तला टमट्टाको श्रीमान्को मृत्यु पश्चात रु ५००० काजकृया खर्च समेत संस्थाको महा–प्रबन्धक तथा लघुवित्त प्रमुख रण बहादुर साउदको उपस्थितीमा वितरण गरियो ।

किसान बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय लम्की कैलालीमा रहेको यस संस्थाले कैलाली जिल्लामा २१ वटा सेवा केन्द्र मार्फत करिब ४५ हजार घरपरिवारलाई वित्तिय सेवा दिँदै आएको छ । संस्थाको यस कार्तिक मसान्तसम्म एक अर्ब ६२ करोड ५९ लाख रुपैयाँ लगानीमा रहेको छ