प्रभु बैंक लिमिटेडले शुक्रबार एकैदिन दुई शाखा संचालनमा ल्याएको छ । बैंकले कैलाली जिल्लाको बौनिया र पाँचथर जिल्लाको फिदिममा नयाँ शाखाहरु संचालनमा ल्याएको हो । बैंकको बौनिया शाखाको उद्घाटन नेपाल राष्ट बैंक धनगढी क्षेत्रका मुख्य व्यवस्थापक धनन्जय शर्माले गरे भने फिदिम शाखाको उद्घाटन फिदिम नगरपालिकाका नगरप्रमुख ओनाहाग नेम्वाङले गरे ।
शाखा उद्घाटन कार्यक्रममा स्थानीय कार्यालय प्रमुखहरु तथा व्यापारी एवं उद्योगीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिहरुले बैंकिङ संस्थाहरुको आगमनसँगै स्थानीय स्तरका सम्भावना रहेका विभिन्न क्षेत्रहरुको बिकासमा प्रत्यक्षफाईदा पुग्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा प्रभु बैंकले असोज मसान्तसम्ममा ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब रुपैयाँ बराबरको लगानी गरेको जानकारी गराइयो । साथमा देशका ५६ जिल्लामा आफना १४० वटा शाखाहरु मार्फत सेवा पुरयाई रहेको बैंकले निकट भविष्यमै अन्य केही शाखाहरु खोल्न लागेको जानकारी पनि कार्याक्रममा दिइयो ।

