Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

छ अर्बको विकास ऋणपत्रको विक्री सुरु, सर्वसाधारणले पनि किन्न पाउने

२०७४ कार्तिक ५ गते

नेपाल राष्ट्र बैंकले आइतबारबाट ६ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री सुरु गरेको छ। सात वर्षे अवधिको उक्त ऋणपत्र २०८१ सालमा परिपक्व हुनेछ । 
विकास ऋणपत्रको ब्याज दर बोलकबोल माध्यबाट निर्धारण हुने छ। सर्वसाधारण नेपालीले समेत खरीद गर्न पाउने विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र संगठित संस्थाले पनि सहभागिता जनाउन पाउने छन्।घटिमा ५० हजार  र वढिमा निस्काशित रकम बराबरको आवेदन दिन पाइन्छ। 
 
ऋणपत्रको साँवा भुक्तानी २०८१ साल कात्तिक ६ गते हुने छ। ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा समेत सुचिकृत हुन्छ।