October 15th, 2017

डोल्पाका ८ स्थानीय तह मध्ये ७ वटामा बैङ्किङ सुविधा छैन

दुर्गम जिल्ला डोल्पाका आठ वटा स्थानीय मध्ये सात वटा स्थानीय तहमा बैङ्किङ सुविधा छैन् । यहाँको ठूलीभेरी नगरपालिकाबाहेक अन्य सात वटा स्थानीय तहमा बैङ्किङ सुविधा छैन् । बैङ्क सुविधा नहुने स्थानीय तहमा त्रिपुरा सुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका, शे–फोक्सुन्डो गाउँपालिका, छार्काताङसोङ गाँउपालिका र काईके गाउँपालिका रहेका छन् । डोल्पाको पश्चिममा पर्ने जगदुल्ला गाउँपालिकामा एक महिना अगाडि नै नेपाल बैङ्कको शाखा बिस्तार हुने भनिए पनि अझै हुन सकेको छैन् । विकट क्षेत्रमा पर्ने स्थानीय तहमा बैङ्किङ सुविधा नहुँदा आर्थिक कामकाज गर्न असहज भएको जनप्रतिनिधिहरुले गुनासो गरेका छन् ।

‘विशेष गरेर उपल्लो डोल्पामा पर्ने स्थानीय तहमा बैङ्कको टट्कारो आवाश्यक्ता छ, बैङ्किङ सुविधा लिनको लागि हप्तौँ हिँडेर सदरमुकाम दुनैमा झर्नु पर्ने बाध्यता छ । अहिलेको जमानामा एक्लै पैसा बोकर आँउदा जाँदा पैसा र ज्यानको दुईवटै खतरा मोल्नु पर्ने बाध्यता छ हामीलाई’ छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ्गले भने । त्यस्तै त्रिपुरा सुन्दरी नगरपालिकाका–१ का अध्यक्ष कर्मसिंह थापाका अनुसार, सम्बन्धित स्थानीय तहमा बैङ्किङ सुविधा नहुँदा सानो तिनो आर्थिक कारोवारको लागि पनि सदरमुकाम दुनै जानु पर्ने बाध्यता छ । यसले समयको बर्वाद सँगसँगै कर्मचारीलाई सुरक्षा चुनौती समेत रहेको छ ।

देशकै दुर्गम क्षेत्रका स्थानीय तहमा बैङ्किङ सुविधा नहुँदाको समस्यालाई मध्ये नजर राख्दै यथासक्य सरकारी तथा निजि बैङ्कका शाखा विस्तारको लागि समेत सम्बन्धित निकायमा आग्रह गरिएको छ । ठूलीभेरी नगरपालिकामा भने नेपाल बैङ्ग, सिटिजन्स बैङ्ग, रिलायबल माईक्रो फाईनाईन्सजस्ता वित्तिय संस्थाहरुले सुविधा दिईरहेका छन् । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]