Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दशैँमा बैंकिङ सुरक्षाका लागि प्रतिवद्ध छन् सुरक्षागार्डहरु

२०७४ आश्विन ८ गते

रमेशबहादुर हमाल प्रभु बैंक लिमिटेड मूख्य कार्यालयका सुरक्षागार्ड इञ्चार्ज हुन् ।  दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर १ स्थायी घर भएका हमाल हाल बालाजु बस्दै आएका छन् । वि.सं. २०४३ सालमा तत्कालिन शाही सेनामा प्रवेश गरेका उनी २०६३ सालमा पेन्सन पकाएर नेपाली सेनाबाट अवकाश लिए । नेपाली सेनामा करिब २१ बर्ष लामो अनुभव भएका उनी गरुढ सेक्युरिटिज सर्भिस मार्फत अहिले सुरक्षा गार्ड इञ्चार्जको रुपमा प्रभु बैंकमा सुरक्षा दिँदै आएका छन् ।

बिशेष गरेर चाँडबाडको बेला बैंक तथा वित्तीय संस्थाहरुमा कारोबार बढी हुने गर्दछ । नेपालीहरुको प्रमुख चाड दशैँ, तिहार नजिकिएसँगै अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकहरुको ठूलो भिड लाग्न थालेको छ । चाडबाडका बेला कारोबार धेरै हुने तथा मानिसहरुको उपस्थिती पनि बैंकमा बाक्लो हुने हुँदा दशैँको बेलामा अपराधिक समूह तथा व्यक्तिहरु समेत बैंकमा विभिन्न अपरधिक योजना बनाएर जान सक्ने हुन्छन् । चाडबाडको समयमा कारोबारमा वृद्धि तथा मानिसहरुको जमात ठूलो हुने हुँदा बढी सुरक्षा चुनौती हुन सक्छ । यसै बिषयलाई आधार बनाएर चाडपर्वको बेला बैंकको सुरक्षा सतर्कताका बिषयमा प्रभु बैंकका सुरक्षा इन्चार्ज हमालको भनाई र बुझाई उनकै शब्दमा यहाँ प्रस्तुत गरिन्छ :

चाडबाडका बेला बैंकको सुरक्षा चुनौती
चाडबाडका बेला सुरक्षा चुनौती धेरै हुन्छ । अपराधिक समूहहरुले चाडबाड तथा अन्य समयमा समेत मौका छोपिरहेका हुन्छन् । तर चाडबाडका बेला नगद कारोबार बढी हुने तथा बैंकमा ग्राहकहरुको भिड ठूलो लाग्ने हुँदा अपराधिक समूहले दाउ हेरिरहेका हुन्छन् । कुन समय परिस्थीतिमा लुटपाट गर्न सकिन्छ भनेर अपराधीहरुले ध्यान दिइरहकेका हुन्छन् । चाडबाड तथा उत्सवहरुमा बढी सुरक्षा चुनौतीहरु हुन सक्छन् ।

सुरक्षाको रणनीति
अपराधिक समूहहरुले मौका छोप्ने सम्भावना बढी हुने हुँदा हामीले चाडबाडका बेला बैंकको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएका हुन्छौं । अन्य दिनहरुको तुलनामा चाडबाड तथा उत्सवको बेला हामीले बिशेष सुरक्षा सतर्कता अपनाउछौँ । यस्तो समयमा सुरक्षाकर्मीहरु पनि हामीले अन्य समयको भन्दा बढी परिचालन गर्छौँ । चोरका हजार दाउ हुन्छन् भनिन्छ, ती अपराधिक समूहहरुले सुरक्षा कमजोरीहरु नियाली रहेका हुन्छन् । हामीले सुरक्षामा कुनै कमिकमजोरी नराखी सुरक्षा व्यवस्था चुस्त दुरुस्त पार्छौँ ।

सर्वसाधारणहरुले अपनाउनुपर्ने सुरक्षा सतर्कता
बैंकिङ कारोबार गर्ने सर्वसाधारणहरुले त झन् बिशेष सुरक्षा सतर्कता अपनाउनुपर्छ । बैंकमा कारोबार गर्न बिभिन्न किसिमका मान्छेहरु आउँछन् । अपराधिक समूह वा व्यक्ति नै बैंकमा पैसा राख्ने वा झिक्ने निहुँले कसैलाई फलो अप गर्न आएको हुन सक्छ । विगतमा विभिन्न त्यस्ता घटना घटेका छन् । बैंकिङ कारोबार गर्न आएको बहानामा अपराधिक समूहले मौका छोपी अपराधिक क्रियाकलाप गर्नसक्छन् यसबाट बैंकका ग्राहक सजग रहनुपर्छ । सुरक्षाकर्मीले पनि बिशेष ध्यान दिइरहेको हुन्छ । त्यहि पनि आफ्नो तर्फबाट सजग चाहिँ सबैले हुनुपर्छ ।

चाडबाडको समयमा सुरक्षा चेकजाँच
सुरक्षा चेकजाँचमा अन्य समयको भन्दा चाडबाडको बेला बिशेष कडाई गरिन्छ । अपराधिक समूहले कुनै अप्रिय घटना घटाउन नसकोस् भनेर हामी सजग रहेका हुन्छौँ । हामी बढी सर्चदेखि लिएर विभिन्न सुरक्षाका गतिविधिलाई दुरुस्त बनाउछौं ।

दशैँमा सुरक्षाकर्मीको बिदा
बैंकमा खटिएका हामी सुरक्षाकर्मीको बिदा नै हुँदैन । ३ सय ६५ दिनमा २४ सै घण्टा बैंकलाई सुरक्षा दिन्छौँ । दशैँमा हामी पालो गरेर टिकासम्म लाउनलाई जान्छाँै, तर सबै जना भने जादैनाँै । बैंकको सुरक्षामा हामी २४ सै घण्टा खटिन्छौं ।

सँधै सुरक्षा चुनौती
सुरक्षा चुनौती दशैँमा मात्रै नभएर सदैव हुन्छ । कुनै चाडपर्व विशेष मात्रै सुरक्षा चुनौती हुने भन्ने हुँदैन । चाडबाडका बेला कारोबार बढी हुनाले अपराधिक समूहहरुले योजना बनाइरहेका हुन सक्छन् भन्ने मात्रै हो । यसर्थ हामी सदैब बैंकको सुरक्षाका लागि खटिरहेका हुनेछौं ।

विगतमा भएका अपराधिक घटना
म प्रभु बैंकमा कार्यरत रहेको करिब ६ बर्ष भयो । म प्रभु बैंककै स्थायी स्टाफ भने होइन । म गरुढ सेक्युरिटिज सर्भिस मार्फत यहाँ सेक्युरिटि इञ्चार्जको काम गर्दै आएको छु । मेरो ६ बर्षको कार्यअवधिमा कुनै त्यस्तो अपराधिक घटना भएको छैन । त्यस्तो अपराधिक घटना घट्न नदिन हामी अहोरात्र खटिएका छौं । प्रस्तुतीः रोयल आचार्य

 

Ad