Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया बैंकको २०औँ वार्षिक साधारणसभा : २० प्रतिशत बोनस सेयर पारित

२०७४ भाद्र ३० गते

एनआईसी एशिया बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज (भदौ ३० गते) काठमाडौँको बबरमहलस्थित कार्की ब्याङक्वेटमा सम्पन्न साधारणसभाले हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव पारि गरेको छ । जसअनुसार, बैंकले गत आर्थिक वर्षको कमाईबाट एक अर्ब ३३ करोड ८५ लाख १९ हजार पाँच सय रुपैयाँ बराबरको बोनस सेयर र सात करोड चार लाख४८ हजार तीन सय ९५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

सभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ । उक्तवार्षिक साधारण सभाले संचालकमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा जगदीश प्रशाद अग्रवाल, तुलसीराम अग्रवाल र रामचन्द्र संघई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना राजेन्द्र प्रसाद अर्याल, विनोद कुमार प्याकुरे आदित्यकुमार अग्रवाललाई सर्वसम्मतीमा निर्वाचित गरेको छ । साथै,साधारण सभापश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्बसम्मतीले चयन गरेको छ । यसअघि बैंकको ३२० औं सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा गणेश मान श्रेष्ठलाई नियुक्त गरेको थियो । 

बैंकले हालकरिब पाँच लाख ७० हजार भन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढी कर्जा ग्राहक र तीन लाख ३० हजारभन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकलाई १२५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Ad