Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पाँच अर्बको विकास ऋणपत्र विक्री गरिँदै, विहीबारसम्ममा बोलपत्र पेश गरिसक्नुपर्ने

२०७४ भाद्र २८ गते

पाँच अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्रीका लागि बोलपत्र आह्वान गरिएको छ । राष्ट्र बैंकले ११ वर्षे अवधिको उक्त विकास ऋणपत्र खरिद गर्न चाहने बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरुलाई भोली (भदौ २९ गते) अपरान्ह ३ बजेभित्र शिलबन्दी बोलपत्र पेश गरिसक्न आह्वान गरेको छ । शुक्रबार (भदौ ३० गते) निष्काशन हुने ऋणपत्रको व्याजदर बोलकबोलको आधारमा निर्धारण गरिने र सावाँ २०८५ भदौ ३० गते फिर्ता गरिने बताइएको छ ।

उक्त ऋणपत्रको व्याज हरेक छ महिनामा पाइनेछ । उक्त ऋणपत्रलाई धितो राखेर कर्जा लिन तथा दिन सकिने छ । इच्छुकले घटीमा पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल गर्न सक्नेछन् ।