Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सको तीन दिने तालिम सम्पन्न

२०७४ भाद्र १६ गते
सेयर:

नयाँ कर्मचारीहरुका लागि मेरो माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडले आयोजना गरेको लघुबित्त ब्यवस्थापनबारे तिनदिने तालिम आज बागबजारको होटेल हार्दिकमा सम्पन्न भएको छ । मेरो माईक्रोफाईनान्स वित्तिय संस्थाका लागि सेवाग्राहीमा सहज पहुँचका लागि ग्रामिण क्षेत्रका जनताहरुलाइ दीगो लघु वित्तीय सेवा प्रदान गर्नको लागि तालिमको आयोजना गरिएको हो।

तालिमको समापन समारोहमा बोल्दै माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले सर्वसाधारणमा पहुँच वृद्धि र विस्तारका लागि वित्तीय संस्थाले ब्यावसायिक टेवा पुर्याउन महत्वूर्ण भुमिका निर्वाह गरेको बताए । साथमा लघुबित्तले बिपन्न बर्गको आर्थिक स्थितिमा सुधार गर्न सहयोग पुर्याएको समेत उनले बताए । उनले ग्रामीण क्षेत्रमा अझ पनि चर्को ब्याजदरमा ऋण लिन बाध्य रहेको परिवेशमा लघुबित्त बरदान रहेको जिकिर गरे । दाहालले अन्य संस्था भन्दा फरक ढंगले मेरो माइक्रोफाइनान्सलाई थप विकसित गर्दै आगामी केही बर्षभित्र ७५ जिल्लामा शाखा बिस्तार गर्ने नीति लिएको जानकारी दिए । 

त्यस्तै कार्यक्रममा सहभागी प्रशिक्षार्थी बिष्णु शर्मा, जगत राज अधिकारी, शैलेन्द्र चौधरीले आफुहरुले सिकेको ज्ञान आफ्नो कार्य क्षेत्रमा लगनशीलका साथ काम गर्ने बताए । उनीहरुले यो तालिमले लघुवित्तबारे धेरै जानकारी दिएको बताए ।  

कार्यक्रममा समापन समारोहम वरिष्ठ प्रबन्धक नबराज दाहाल, अनुगमन अधिकृत राजु पुडासैनी, बित्त बिभाग प्रमुख बद्री अधिकारी,कर्जा बिभाग प्रमुख शेर बहादुर गुरुङ, मानव संसाधन बिभागका प्रमुख बिजेन्द्र चौधरीले शुभकामना मन्तव्य दिए । उनीहरुले लघुबित्त सम्बन्धी जानकारी दिँदै संस्थाले राज्यको गरीबी उन्मुलन गर्न सहभागीहरुको महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।

तालिममा देशका विभिन्न जिल्लाका ७० जना युवाहरुको सहभागिता रहेको थियो । मेरो माइक्रोफाइनान्स बित्तीय सस्था हाल ४२ जिल्लामा ६० शाखा रहेको छ ।