Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बल्ल अघि बढ्यो राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंकबीचको एक्विजिसन प्रक्रिया 

२०७४ भाद्र १२ गते

प्रारम्भिक सम्झौता भएको सात महिनापछि राष्ट्रिय बाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंक बीचको एक्विजिसन प्रक्रिया अघि बढेको छ । सरकारी स्वामित्वका यी दुई बैंकबीच २०७३ माघ महिनामा नै एक्विजिसन सम्झौता भएको थियो । अर्थ मन्त्रालयले पनि यी दुई बीचको एक्विजिसनमा सहमति जनाइसकेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको एघारौँ वार्षिक साधारणसभाले पनि एनआईडीसीलाई प्राप्ती गर्नेसम्बन्धी प्रस्ताव पारित गरिसकेको छ । 

अब भने दुबै बैंक एक्विजिसनका लागि सैद्धान्तिक सहमति प्राप्त गर्न राष्ट्र बैंक जाने भएका छन् । यस प्रयोजनका लागि सोमबारदेखि एनआइडिसीको सेयर कारोबार रोक्का गरिएको नेप्से जनाएको छ । राष्ट्र बैंकले सैद्धान्तिम सहमति जनाएपछि यी बैंकहरु अन्य आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि पुनः राष्ट्र बैंक जानेछन् । 

यसअघि पनि एक्विजिसन प्रक्रिया सुरु गरिएको थियो । यद्यपि, कर्मचारीको विरोधका कारण अघि बढ्न सकेको थिएन । अब भने यी बैंकहरुको एक्विजिसन प्रक्रिया पूरा हुने भएको छ ।

हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी आठ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । एक प्रतिशतभन्दा कम सेयर सर्वसाधारणमा भएको एआइडिसीको चुक्तापुँजी ४१ करोड ५८ लाख रुपैयाँ रहेको छ । एक्विजिसनपश्चात राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी नौ अर्ब पुग्नेछ ।