Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारलाई सांसदको प्रश्न : सहकारी ऐन किन फिर्ता गरियो ?

२०७४ श्रावण २७ गते

व्यवस्थापिका– संसद्को शुक्रबारको बैठकको सुरुमै सांसदहरुले सरकारले सहकारी ऐन कार्यसूचीमा प्रवेश गराएर पनि फिर्ता भएको भन्दै आपत्ति जनाएका छन् । 

सभामुख ओनसरी घर्तीसँग समय मागेर उनीहरुले मुलुकको अर्थतन्त्रको प्रमुख आधार तथा तीन खम्बे अर्थनीतिको एक खम्बाको रुपमा रहेका सहकारीलाई सरकारले ध्यान नदिएकोमा चिन्ता व्यक्त गरे ।

मुलुकभर ६० लाख सहकारी सदस्य रहेको र कुल गार्हस्थ्य उत्पादनमा चार प्रतिशतको योगदान पुर्याएको र एक लाखलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको क्षेत्रलाई ध्यान नदिइएको भन्दै उनीहरुले सरकारको ध्यानकर्षण गराएका छन् ।

सदनको बैठकको कार्यसूचीमा सहकारी ऐन प्रस्तुत भए पनि फिर्ता भएकोमा उनीहरुको आपत्ति थियो । सांसद पशुपति चौलागाईंले सहकारी ऐन तत्काल सदनमा प्रस्तुत गर्न आग्रह गरे । रासस