Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

४१ प्रतिशत बढ्यो लघुवित्तको मुनाफा, नेप्सेमा सूचीकृत १० कम्पनीको नाफा ३५ करोड १७ लाख

२०७४ श्रावण २२ गते


आर्थिक वर्ष ०७३(७४ मा लघुवित्त बैंकहरूको खुद नाफा ४१ दशमलव ५९ प्रतिशत बढेको छ । नेप्सेमा सूचीकृत १० कम्पनीहरूले सो अवधिसम्ममा प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणका अनुसार लघुवित्तको मुनाफा यस्तो देखिएको हो ।

गत आवमा ४९ करोड ८० लाख रुपैयाँ लघुवित्तले मुनाफा आर्जन गरेको छ । यो सोही अवधिको अघिल्लो आवभन्दा झन्डै १५ करोड रुपैयाँ बढी हो । आव ०७२(७३ मा १० कम्पनीहरूले ३५ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । रकमका आधारमा सो अवधिसम्ममा सबैभन्दा धेरै लक्ष्मी लघुवित्तले १० करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै सबैभन्दा धेरै नाफा वृद्धि नेसनल माइक्रोफाइनान्सले गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ७६ दशमलव ५० प्रतिशत बढेको छ । सो अवधिमा कम्पनीले ७ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । रिलायबल माइक्रोफाइनान्सको नाफा भने सो अवधिमा घटेको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले गत आवको सोही अवधिमा १ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ४० प्रतिशत कम हो ।

व्यवसाय ४७ प्रतिशत बढ्यो
१० कम्पनीहरूले गत आवमा ४७ दशमलव ११ प्रतिशत व्यवसाय बढाएका छन् । सो अवधिमा कम्पनीहरूले आर्जन गरेको खुद ब्याज आम्दानीका आधारमा यस्तो देखिएको हो । आर्थिक वर्ष ०७२÷७३ मा ८४ करोड ७६ लाख रुपैयाँ कुल खुद ब्याज आम्दानी थियो । गत आवको सोही अवधिमा कुल १ अर्ब २४ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् । सबैभन्दा धेरै ब्याज आम्दानी गर्ने लक्ष्मी लघुवित्त रहेको छ । कम्पनीले सो अवधिमा २४ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । स्वदेशी लघुवित्तको ब्याज आम्दानी भने सबैभन्दा धेरै ७४ दशमलव १५ प्रतिशत बढेको छ ।

सञ्चालन मुनाफा ४१ प्रतिशत बढ्यो
आव ०७३(७४ को असार मसान्तसम्ममा यी लघुवित्त कम्पनीहरूको सञ्चालन मुनाफा ४० दशमलव ९९ प्रतिशत बढेको छ । अघिल्लो आवको सोही अवधिमा ५२ करोड ९५ लाख रुपैयाँ रहेको लघुवित्तको कुल सञ्चालन मुनाफा गत आवमा २१ करोड ७१ लाख रुपैयाँ बढेर ७४ करोड ६७ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा सबैभन्दा धेरै सञ्चालन मुनाफा लक्ष्मी लघुवित्तले पाएको छ । त्यस्तै रिलायबल माइक्रोफाइनान्सको सञ्चालन मुनाफा ४० प्रतिशत घटेको छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार