गत आर्थिक वर्षमा पुँजी बजारमा ८६ करोड कित्ता सेयर थपिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ४० दशमलव ८७ प्रतिशतले बढी हो। गत असारसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा २ अर्ब ९६ करोड ५८ लाख ८४ हजार कित्ता सेयर सूचीकृत भए। आर्थिक वर्ष ०७२र७३ को अन्त्यमा सूचीकृत सेयर संख्या २ अर्ब १० करोड ५४ लाख कित्ता थियो। कम्पनीहरूद्वारा निष्कासित प्राथमिक (आईपीओ), बोनस, हकप्रद, अग्राधिकार सेयर कारोबारका लागि बजारमा आएकाले गत आर्थिक वर्षमा सूचीकृत सेयर संख्या करिब ४१ प्रतिशतले बढेको हो।
बजारमा सेयर संख्या बढे पनि सूचीकृत कम्पनी भने घटेका छन्। गत असारसम्म नेप्सेमा २ सय ८ वटा कम्पनी सूचीकृत भएका थिए। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो साढे ९ प्रतिशतले कम हो। आर्थिक वर्ष ०७२र७३ को अन्त्यमा बजारमा सूचीकृत कम्पनी संख्या २ सय ३० थियो । पछिल्ला २र३ वर्षमा ठूलो मात्रामा बैंक तथा वित्तीय संस्था आपसमा गाभिएकाले पुँजी बजारमा सूचीकृत कम्पनी संख्यामा कमी आएको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत असारसम्म १ सय ५५ वटा बैंक तथा वित्तीय संस्था मर्जररएक्विजिसन ९प्राप्ति० प्रक्रियामा सहभागी भएका थिए। तीमध्ये १ सय १२ वटा संस्थाको इजाजत पत्र खारेज भएर ४३ संस्था कायम भएको राष्ट्र बैंकले जनायो। वित्तीय क्षेत्रका कम्पनीको बाहुल्य रहेको नेपाली सेयर बजारमा धेरै बैंक तथा वित्तीय संस्था मर्जरमा गएपछि कुल सूचीकृत संख्यामा कमी आएको नेप्सेले जनाएको छ। अघिल्लो वर्ष सेयर बजारमा दैनिक औसत कारोबार २६ दशमलव १४ प्रतिशतले बढेको थियो। आर्थिक वर्ष ०७२र७३ मा सेयर बजारमा दैनिक औसत ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार हँुदै आएको थियो। गत वर्ष यो रकम बढेर दैनिक औसत ८९ करोड रुपैयाँ पुगेको नेप्सेको तथ्यांकमा उल्लेख छ।
अघिल्लो वर्षको तुलानमा गत आर्थिक वर्षमा सेयर बजारको आकार ९बजार पुँजीकरण भने० करिब २ प्रतिशतले साँघुरियो। आर्थिक वर्ष ०७२र७३ मा १८ खर्ब ९० अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण गत आर्थिक वर्षमा घटेर १८ खर्ब ५६ अर्ब रुपैयाँ कायम भएको थियो। सोही अवधिमा नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको बजार पुँजीकरण ५।७७ प्रतिशतले घट्यो। अघिल्लो वर्षको तुलनामा सेयर कारोबार मापक नेप्से परिसूचकमा कमी आएपछि बजार पुँजीकरण पनि घटेको नेप्सेले जनाएको छ।
गएको एक वर्षको सेयर कारोबारमा नेप्से परिसूचक ७ दशमलव ८९ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म १ हजार ७ सय १८।१५ मा रहेको नेप्से ९बन्द० गत असारसम्म १ हजार ५ सय ८२।६७ विन्दुमा थियो। यद्यपि सोमबार नेप्से १ हजार ६ सय ५२।६९ विन्दुमा छ। ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबार मापक सन्सेटिभ परिसूचक ९बन्द० करिब ९ प्रतिशतले घट्यो। सर्वसाधारणले खरिद गर्न सक्ने कम्पनीको सेयरकारोबार मापक फ्लोट ९बन्द० परिसूचक ७।३९ प्रतिशतले ऋणात्मक भएको नेप्सेको तथ्यांक छ।
गत आर्थिक वर्षमा कुल सेयर कारोबार साढे २४ प्रतिशतले बढेर २ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। वार्षिक सेयर कारोबारमा व्यापार ९ट्रेडिङ० र जलविद्युत् समूहको परिसूचक घट्यो भने बाँकी समूहको परिसूचक बढ्यो। परिसूचक बढ्ने समूहहरूमध्ये पनि ‘अन्य’, उत्पादन तथा प्रशोधन र होटल समूहका परिसूचक उच्च अंकले बढे। कान्तिपुर दैनिकमा प्रकाशित समाचार




