अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिप्रति गुनासो नगर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । राष्ट्र बैंकले ल्याएको चालू आर्थिक वर्षको मौद्रिक नीतिले दीर्घकालीन हित गर्ने भन्दै त्यसप्रति गुनासो नगर्न अर्थमन्त्रीले व्यवसायीलाई आग्रह गरेका हुन् ।
‘मौद्रिक नीतिले लगानीलाई निरुत्साहित गर्ने गुनासो आएको छ,’ उनले भने, ‘तर, सरकारले लिएको आर्थिक वृद्धि हासिल गर्न र मूल्य वृद्धि ७ प्रतिशत कायम राख्न मौद्रिक नीतिले लिएका नीति ठीक छन् ।’ नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा उनले अघिल्लो आवको आर्थिक वृद्धिको आधारमै चालू आवमा ७।२ प्रतिशतको वृद्धि हासिल गरिनेसमेत बताए । यसका लागि सहयोग गर्न उनले निजी क्षेत्रलाई आग्रह गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीतिमा निजी क्षेत्रका थुप्रै सुझाब अटाएको भन्दै गुनासो गर्नुनपर्ने बताए ।
सोही अवसरमा अर्थमन्त्री कार्कीले निजी क्षेत्रका सबै खाले समस्या समाधान गर्न सरकार तयार रहेको बताए । निजी लगानी मुलुकका लागि महत्वपूर्ण रहेको भन्दै उनले यसका लागि निजी क्षेत्रलाई प्रवद्र्धन गर्न आफू तयार रहेको उनले बताए । ‘तपाईं ९निजी क्षेत्र०लाई के समस्या छ रु व्यवसायका अप्ठ्यारा वा बाधक के छन् रु सबै मलाई भन्नुस्,’ उनले भने, ‘तपाईंहरूका लागि अर्थ मन्त्रालयको ढोका सधैँ खुला छ ।’
अन्तक्र्रियामा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले संघीय व्यवस्थामा दोहोरो–तेहरो करको भार पर्ने हो कि भनेर निजी क्षेत्र चिन्तित रहेको बताए । स्थानीय, प्रदेश र केन्द्र गरी तीनतिर कर तिनुपर्ने हो कि भन्ने चिन्ता व्यापारीमा छाएकाले यसलाई सरकारले स्वेतपत्र वा कानुन नै बनाएर स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष श्रेष्ठले लगानीको वातावरण बनिरहेका वेला फेरि लोडसेडिङको चिन्ता छाएको बताउँदै विद्युत् सुचारु राख्न अर्थ मन्त्रालयतर्फबाट सक्दो सहयोग गर्न अर्थमन्त्रीसँग माग राखे ।
सो अवसरमा राजस्वसचिव शिशिरकुमार ढुंगानाले भारतले हालै सुरु गरेको गुड्स एन्ड सर्भिस ट्याक्स ९जिएसटी०बाट नेपाललाई असर नपर्ने बताए । ‘जिएसटी नेपालका लागि एउटा अवसर हो,’ उनले भने, ‘यसका लागि ‘इलेक्ट्रोनिक डाटा एक्सचेन्ज’ सिस्टमको विकास गरिँदै छ, यसले जिएसटीको बिल ओरिजिनल हो या होइन भन्ने चेक गर्न सहज हुन्छ ।’ नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार



